जल्पा स्वास्थ्य संस्थाको सामाजिक परिक्षण तथा आमभेला कार्यक्रम संम्पन्न ।।

मायाँ राना
प्रकाशित : २०७८ मंसिर २४ गते २१:५१

पूर्बखोला गाउँपालिका २ जल्पा मा रहेको स्वस्थ चौकीको सामाजिक परिक्षण गरिएको छ। सामाजिक विकास केन्द्र पाल्पा बाट सहजिरण गरिएको कार्यक्रममा, सेवा ग्राही संग अनौपचारिक प्रतिकृया, गुनासो समेत संकलन गरिएको थियो, संस्थाले दिन मिल्ने सेवामा कुनै कमी नरहेको सेवा ग्रहीको प्रतिक्रिया रहेको थियो, यसै अवसरमा स्वस्थ चौकी प्रमुख पदम दर्लामी ले संस्थाको भौतिक संरचना देखि प्रशासनले दिँदै आएको सेवा ओपिडी सेवा, परिवार नियोजन, निशुल्क फार्मेसी सेवा, मातृशिशु स्याहार, बाल पोषण , २४ घण्टे सुत्केरी स्याहार, महामारी रोग व्यवस्थापन आदिको बारेमा प्रस्तुत गर्नु भएको थियो । सेवा, सेवा ग्राही, व्यवस्थापन समिति, सेवा प्रदायक , अन्य सरोकारहरु बीच अा आफ्नो गुनासो संकनल गरी भौतिक रूपले कमजोरी रहेको संस्था सुधार्नका लागि आ आफ्नो पक्षबाट पहल गर्ने गरी कार्ययोजना बनाएको छ। कार्यक्रममा विद्यालय प्रतिनिधि, महिला स्वयम् सेबिका, हजार दिनका आमाहरु, स्वस्थ आमा समूह ,व्यवस्थापन समिति का गरी ७५ जनाको सहभागिता रहेको थियो, पूर्वखोला स्वस्थ शाखाको आयोजनामा, जल्पा स्वस्थ चौकीको व्यवस्थापन सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा सामाजिक विकास केन्द्रका कृष्ण गहतराज र किरण कौशलले सहजीकरण गर्नु भएको थियो ।


प्रकाशित : २०७८ मंसिर २४ गते २१:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology