सिलुवामा १ दिने आँखा शिबिर सम्पन्न ।
[avatar user=”kandaraeditor1″ =”original” align=”left” link=”file” /]
पूर्वखोला गाउँपालिकामा १ दिने आँखा शिबिर सम्पन्न भएको छ । नेपाल रेड्क्रस सोसाईटी उप शाखा सिलुवाको आयोजकत्वमा कालीगण्डकी आँखा उपचार केन्द्रको प्राविधिक सहयोग तथा जापानीक नागरिक र्युजी यसुद ट्रस्ट को सहयोगम भएको १ दिने शिविरमा १४६ जनाले आँखा जाँच तथा औषधी र चस्मा वितरण भएको थियो । मोती विन्दु तथा अन्य आँखा शल्यक्रिया को लागि २८ गते कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरमा हुने बताईएको छ ।
जनमार्गमा विद्यालयका विद्यार्थी हरुलाई लक्षित गरि पुस १ गते विद्यालयमा नै आँखा शिबिर हुने भएको छ ।
१ दिने शिविर नेपाल रेड्क्रस सोसाइटी सिलुवा उपशाखा का सभापती हरी भारती को अध्यक्षतामा भएको हो ।
प्रकाशित : २०७८ मंसिर २५ गते १८:३९
Facebook Comment