अादिवासि जनजाति पत्रकार माहासघ जिल्ला सम्मेलन सप्पन्न ।।

Kandara News
प्रकाशित : २०७८ मंसिर २५ गते १९:४७

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला समिति पाल्पाको चौथो जिल्ला अधिवेशन तानसेनमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले रन बहादुर कुमालको अध्यक्षतामा सर्वसहमतिमा नयाँ कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा योगमायाँ गाहा, सचिवमा इमान सिं राना, सहसचिवमा सुमन गाहा, कोषाध्यक्षमा मान बहादुर हिस्की, सदस्यहरुमा भुवन सिंजाली, एवत सारु, चन्द्रकला कुमाल र दान बहादुर हिस्कीलाई चयन गरेको छ । त्यस्तै अधिवेशनले संघिय प्रतिनिधिमा राजकुमार आले, हरि बहादुर थापा, मिना कुमाल, रिखिराम राना र राजेन्द्र लिगललाई छनौट गरेको छ । प्रदेश प्रतिनिधिमा प्रेम कान्छा राई, हुमा सुर्यवंशी, अनिल लिगल र असविर सारुलाई चयन गरेको छ ।

चौथो जिल्ला अधिवेशनको उट्घाटन गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का लुम्बिनी प्रदेश इन्चार्ज देव पचभैयाले पत्रकारिता क्षेत्रमा चुनौति र अवसर दुवै रहेको भन्दै परिश्रम गर्न सके सम्मानका साथ जिविकोपार्जन गर्न सकिने बताउनुभयो । आदिबासी जनजाति समुदायको अधिकार स्थापित गर्न (फोनिज)ले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले मौलिक भाषा, संस्कृतिको संरक्षण संगै अधिकार प्रत्याभूतिको लागि अझै कलम चलाउनु आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष एवं फोनिज पाल्पाका सल्लाहाकार रेखीराम रानाले व्यवसायिक पत्रकारितामा सम्भावना रहेको भन्दै यस तर्फ सक्रिय हुन आग्रह गर्नुभयो । उहाँले पत्रकारहरुको पेशागत क्षमता अभिवृद्धिको लागि महासंघ प्रतिवद्ध भएर लागेको बताउनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पाल्पाका सल्लाहाकार एवं अधिवक्ता डोलख रास्कोटीले आदिबासी जनजातिको हकअधिकारको लागि हुँदै आएको आन्दोलन पछिल्लो समय ओझेलमा परेको भन्दै यस तर्फ पैरवी गर्ने समय आएको बताउनुभयो ।

नेपाल आदिबासी जनजाति महासंघ पाल्पाका संस्थापक अध्यक्ष गम बहादुर थापा, नेपाल आदीबासी जनजाति महासंघ पाल्पाका उपाध्यक्ष प्रेम सागर शाही, नेपाल मगर संघ पाल्पाका तेज घर्ती, नेपाल मगर विद्यार्थी संघ पाल्पाका अमित रास्कोटी मगर, नेपाल मगर संघ पाल्पाका राधा थापा मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो । फोनिज पाल्पाका अध्यक्ष राजकुमार आलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रन बहादुर कुमालले गर्नु भएको हो ।


प्रकाशित : २०७८ मंसिर २५ गते १९:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology