निस्दीको गल्धामा भलिबल खेलाडी छनौट प्रतियोगिता सम्पन्न

होम राई मगर
प्रकाशित : २०७८ मंसिर २७ गते १६:२६

निस्दी,पाल्पा / २७ मंसिर २०७८ ।     निस्दी गाउँपालिका वडा नम्बर-५,गल्धा,पाल्पामा भलिबल खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको छ ।

वडा नम्बर-५,गल्धाको आयोजनामा सम्पन्न भएको प्रतियोगिता निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोगमा सम्पन्न भएको हो । जम्मा १२ समूहको सहभागिता रहेको पुरुष समूहको खेलमा बाङ्लाङको टोलले प्रथम स्थान हासिल गरेको छ भने ढुंगानाबेसीले द्वितीय र गेझाले तृतीय स्थान प्राप्त गरेका थिए । यसैगरी महिला समूह तर्फको प्रतियोगितामा गाबुडाँडाको टोलले प्रथम भएका छन् भने बाङलाङले द्वितीय र दोमादी टोलले तृतीय स्थान हासिल गरेका छन् । पुरस्कृत प्रथम,द्वितीय र तृतीय समूहहरुलाई प्रमुख अतिथि वडाध्यक्ष भीम बहादुर बयम्बुले एक कार्यक्रमका बिच पुरस्कार बितरण गर्नुभयो। कार्यक्रममा बोल्दै बयम्बुले युवाहरु खेल मार्फत परिचय स्थापित गर्न लाग्नुपर्ने बताउदै सामाजिक काममा समेत सक्रियता देखाउनु पर्नेमा जोड दिनु भएको थियो । जर्घा स्मृति खेल मैदान ढुंगानाबेसीमा सन्चालन भएको छनौट खेल निस्दी गाउँपालिकाको १ लाख रुपैयाँको आर्थिक सहयोगमा सम्पन्न भएको हो । गल्धा खेलकुद बिकास समितिका अध्यक्ष नगेन्द्र मल्लको अध्यक्षतामा चलेको कार्यक्रमको सन्चालन सचिब पिलेन्द्र ठाडाले गर्नुभएको हो ।

समितिका सदस्य शेर बहादुर सोतीको स्वागत मन्तव्यबाट शुरु भएको खेलमा छनौट समूहले निस्दी गाउँपालिकाको आयोजना सन्चालन हुने पालिका स्तरीय खेलमा सहभागी हुन पाउने आयोजकले जनाएको छ ।


प्रकाशित : २०७८ मंसिर २७ गते १६:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology