प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा क्याम्पस समिति गठन गरेको छ ।

कपिल देवकोटा
प्रकाशित : २०७८ पुष १ गते १९:२६

कपिल देवकोटा पुस १ पाल्पा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा क्याम्पस समिति गठन गरेको छ । उक्त समितिमा क्याम्पस संयाेजककाे रूपमा विवेक पाेखरेल , सह संयोजक कपिल देवकोटा , सचिव भुवन प्रसाद गैरे , सहसचिव भिम लुङ्गेलि , काेषाध्यक्षमा विशाल न्याैपाने रहेका छन । यस्तै पत्रिका संयोजककाे जिम्मेवारी अमृता महताेलाइ दिइएको छ भने छात्रा प्रमुखकाे रूपमा गाेमा पल्ली रहनुभएको छ । यसैगरी सदस्यहरूमा रिचा उचै , अनिता काम्मु , नवीन थापा , विवेक वश्याल , रञ्जु अधिकारी , साधना न्याैपाने , अाशिका तिमिल्सिना , किरण सुनार , शेर बहादुर बारघरे , विज्ञान दुधराज रहनुभएकाे छ । समिति गठन कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका तानसेन नगर सचिव सुनिल परियारले सहजिकरण गर्दै सबै विद्यार्थीहरूलाइ यस विद्यार्थी परिषद् मा आबद्ध भइ राष्ट्र निर्माणमा याेगदान गर्न आग्रह गर्दै क्याम्पस समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।


प्रकाशित : २०७८ पुष १ गते १९:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology