रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाले ५४ औं वार्षिक उत्सव सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७८ पुष २ गते १९:०२

रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाले ५४ औं वार्षिक उत्सव सम्पन्न ।।
पौष २ रमा भण्डारी रामपुर पाल्पा

गण्डकी बेशी कै जेठोे जिल्ला कै सबैभन्दा धेरै विद्यार्थी अध्यापनरत सामुदायिक माध्यमिक विद्यालय रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाले ५४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षतामा भएको वार्षिक उत्सव समारोह विद्यालयका संस्थापक प्रधानाध्यापक सुरेन्द्र शर्मा मुख्य पाहुना रहनु भएको हो ।
विद्यालयको वार्षिक उत्सव समारोहमा उट्घाटन गदै मुख्य पाहुना शर्माले विद्यालयलाई वर्तमान अवस्था सम्म ल्याउन प्रयत्नशिल सबैलाई धन्यवाद दिदै आगामी दिनमा अझै प्रगतिको शुभकामना दिनुभयो ।
समाजसेवी राजु प्रसाद श्रेष्ठलले विद्यालयको उन्नति प्रगति संगै चुनौति पनि आउने हुनाले त्यसका लागि हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनुभयो । समाजसेवी सन्दिप रानाले अग्रजहरुको सपनाले अहिले सार्थक रुप प्राप्त गरेको बताउँदै विद्यार्थीहरुले देखेका सपनालाई पुरा गर्नका लागि अभिभावकले महत्वपूर्ण भूमिका खेल्नु पर्नै बताउनुभयो ।
नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश क का सभापति राम बहादुर रानाले विद्यालयको चौतर्फी विकासले रामपुर संगै गण्डकी वेशी क्षेत्रका जनतालाई गौरवान्वित बनाएको उल्लेख गर्नुभयो । नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मीले सबैको साथ र सहयोग बाट आजको उपलब्धि सम्भव भएको बताउँदै आ–आफ्नो तर्फ बाट साथ र सहयोग गर्न आग्रह गर्नुभयो । एकीकृत नेकपा माओवादी केन्द्र पाल्पा क्षेत्र नं. १ का अध्यक्ष कमलराज भट्टराईले व्यवस्थापन समितिको साथ र प्रधानाध्यापकको निरन्तरको लगावले विद्यालय नमुना विद्यालयको रुपमा स्थापित भएको बताउँदै विद्यालयको जग्गा संरक्षणका लागि व्यवस्थापन समितिले ध्यान दिन आग्रह गर्नुभयो । नेकपा एकीकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतमले विद्यालय बाटै खेलकुदको विकास सम्भव हुने बताउँदै खेल मैदानको निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।
भूपू सैनिक राईजिङ्ग ईङ्गलिश स्कुलका व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गी , दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले विद्यालयले शैक्षिक, सामाजिक, संस्कृतिक क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्नुभयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता नेपालका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ऋषिराम भट्टराई, कृतिनाथ श्रेष्ठ, विद्यालयका पूर्व विद्यार्थी धुर्वराज पौडेल, भूपू विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कंडेल, कक्षा ११ का विद्यार्थी रविना ढकालले शुभकामना व्यक्त गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले सबैको सुझावलाई सिरोपर गर्दै आगामी कार्यक्रम तय गरेर अघि बढ्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘सिक्नको लागि रामतुलसी’ भन्ने नाराका साथ योजनाहरु निर्माण गरी अघि बढेको बताउनुभयो । आर्थिक प्रतिवेदन लेखा शिक्षक हरिहर रेग्मीले १० करोड ६२ लाख बराबरको लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहायक प्रधानाध्यापक पूर्ण चन्द्र घिमिरेको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गा देवि रानाले र सञ्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो ।
५४ औं वार्षिक उत्सव समारोहको अवसरमा विद्यालयका शिक्षक लेखनाथ शर्मा मरासीनि, अंग्रेजी शिक्षक पूर्णचन्द्र घिमिरे, विज्ञान शिक्षक कल्याण श्रेष्ठ, लेखा शिक्षक हरिहर रेग्मी, विज्ञान शिक्षक अच्युत घिमिरे, प्राथमिक तहका शिक्षक ज्ञानु माया सोमै, कार्यालय सहयोगी कुल बहादुर दरैलाई पुरस्कृत गरेको हो ।
त्यस्तै विद्यालयले पूर्व व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, शिक्षा प्रेमी सन्दिप राना, समाजसेवी राजु प्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । त्यस्तै अक्षयकोष मार्फत समाजसेवी नागिलाल पौडेल र हरि बहादुर रानालाई सम्मान गरेको हो ।
वार्षिक उत्सवको अवसरमा दोवराज तिवारीले आफ्ना बुवाहरुको तर्फ बाट हजुर बुवा तारानाथ तिवारी हजुर आमा डिल्ली माया तिवारीको स्मृतिमा १ लाख १ हजार १ सय ११ बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ । कार्यक्रममा विज्ञान संकायका विद्यार्थीहरुले शैक्षिक प्रदर्शनी गरेका थिए । अहिले रामतुलसि मा वि मा कृषि र विज्ञान संकाय मा पढाइ भइरहेको छ । बाषिक उत्सवका अवश्वरमा विद्यार्थी हरुले रमाइलो सास्कृतिक कार्यक्रम देखाएका थिए । अहिले विद्यालयमा करीव २३ सय विद्यार्थि हरु नेपाली माध्यम,अंगे्रजि माध्यम र मन्टेश्वरी गरी अध्यानरत रहेका छन् ।


प्रकाशित : २०७८ पुष २ गते १९:०२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology