जनशान्ति माध्यमिक विद्यालयको ६२ औं बार्शिकोत्सब एवम् अभिभावक दिवश सम्पन्न भएको छ ।

दुर्गा चोहान / डिल्ली पंगेनी
प्रकाशित : २०७८ पुष २ गते २०:२१

जनशान्ति माध्यमिक विद्यालयको ६२ औं बार्शिकोत्सब एवम् अभिभावक दिवश सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिका पाल्पाका नगर शिक्षा अधिकृत बिकल काफ्ले ले कार्यक्रमको उद्घाटन गर्दै हरेक शिक्षामा परिवर्तन गर्न शिक्षक , अभिभावक तथा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ,काफ्लेले यस क्षेत्रको शैक्षिक गुणस्तर बृद्धि गर्न यस विद्यालयले प्रशन्सनिय कार्य गरेको बताए , विद्यालय का प्रधानाध्यापक ढक बहादुर सिंजालीले वार्शिक आय व्याय प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले वडा न ९ वडा अध्यक्ष मोहोन खनाल , नेपाली काँग्रेस वडा सभापती दिल बहादुर गाहाँ , भानुभत्त मा . वि का शिक्षक चन्द्र बहादुर थापा , गणपती मा वि का शिक्षक तथा विद्यालयका पुर्ब शिक्षक सोम पल्ली,पुर्ब प्र.अ. तथा प्रगतिशिल प्रा. बि. मन्छेलुङ का प्र.अ नेत्र ब. गाहा लगाएतले विद्यालयलो ६२ औं बार्षिल उत्सकोत्सव तथा अभिभावक दिवशको अवसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा धर्मकला स्मृति अक्षय कोष,चन्द्र मेडिकल हल अक्षय कोष,बृटिस जेहेन्दार छात्रवृत्ति,बम बहादुर हितान स्मृति अक्षय कोष, चमेली देवी स्मृति अक्षय कोष, एस डि डाईनामिक प्राईज फण्ड का पुरस्कार संगै विभिन्न पुरस्करहरु विभिन्न बिधामा बितरण,शैक्षिकसत्र २०७६ र २०७७ को एस.ई. ई. परिक्षामा सर्बोकृस्त नतिजा दिलाउन सफल विद्यार्थीहरुलाई सम्मान,कार्यक्रमको बीच बीच मा सास्कृतिक नाचगान पस्तुत गरिएको थियोे ।

६२ औँ बार्षिक उत्सव तथा अभिभावक दिवश समारोह विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्षमण हितान को अध्यक्षतामा,विद्यालयका शिक्षिका शिवमाया खनाल को स्वागत मन्तव्य तथा शिक्षक दुर्गा चोहानको संचालनमा भएको हो ।

यो संगै यो सुअवसरमा ग्रामिण समाज केन्द्र रामपुर -०९, अर्बसिङ पाल्पा द्वारा आयोजित “प्रथम ग्रामीण समाज केन्द्र कप-२०७८” माछापुच्छ्रे सामुदायिक खेलकुद बिकास मञ्च खेल मैदानमा हालको वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगिता संम्पन्न भएको छ । जम्मा १२ टिम सहभागी खेलमा चापाकोट न.पा-०५,स्याङ्जा ले घिरिङ गाउँंपालिका-०१, तनहुलाई ३-० को सोझो सेटमा पराजित गरि प्रथम स्थान हासिल गर्‍यो भने घिरिङ गा.पा.-०१ तनहुँले दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो।प्रथम र द्धितीय पुरस्कारको राशी क्रमश:४२ हजार र २१ हजार रहेको थियो । सेमिफाइनल प्रवेश गर्न सफल २ टिम पूर्वखोला गा.पा.-०६, हेक्लाङ,पाल्पा र पूर्वखोला गा.पा.-०१,सिलुवा पाल्पाले नगद सात – सात हजार पुरस्कार हात पार्न सफल भएको थियो भने भलिबलको बिधागत पुरस्कारहरु मा वेस्ट ब्लकर चापाकोतका ललित सिं ठकुरी, वेस्ट स्पाइकर घिरिङका हुम ब. थापा, वेस्ट सेटर हेक्लाङका रमेश घर्ती, वेस्ट िडफेनडर चापाकोतका बिजय भण्डारी र बेस्ट प्लेएर चापाकोत कै मिलन मानन्धर चुनिएको खेल संयोजल दिपक चोहानले जानकारी दिनु भयो ।


प्रकाशित : २०७८ पुष २ गते २०:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology