शताब्दीका जेष्ठ नागरिकलाई माथागढीले गर्यो सम्मान ।।

मायाँ बस्याल
प्रकाशित : २०७८ पुष १३ गते ६:३२

माथागढी गाउँपालिकाले शताब्दीका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

माथागढी गाउँपालिका रहनु भएका शताब्दी ( १०० बर्ष ) पुग्नु भएका ९ जना जेष्ठ नागरिकलाई वडाले एक कार्यक्रम सम्पान गरेको छ । गाउँपालिकाले जेेेष्ठ  नागरिकहरु लाई फाइबर सिरक , खाेल लठ्ठी, थर्मस र पछेउरा दिएर सम्मान गरेको थियो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले शताब्दीका जेष्ठ नागरिकलाई सम्मान गर्न पाउनु गाउँपालिकाकै महत्त्वपूर्ण कार्यक्रम यवम् भाग्य भएको र उहाँहरुलाई सधैं यस्तै स्वास्थ्य देख्न पाइयोस् भन्ने कामना समेत गर्नु भएको थियो ।
कार्यक्रमका अध्यक्ष एवम् गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले शताब्दी का जेष्ठ नागरिक गाउँपालिकाका गहना हुनुहुन्छ उहाँहरुकाे अाशिर्वाद समेत लिन पाउनु हाम्रो समेत भाग्यको कुरा हाे भन्दै घर घरमै गएर सम्मान गर्ने इच्छा भए नि समय परिस्थिति अनुकूल नभएको भन्दै जेष्ठ नागरिकलाई पालिका सम्म ल्याउने अभिभावकलाई पनि धन्यवाद दिनु भएको थियो ।

कार्यक्रम महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुनम चिदीकाे सञ्चालनमा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७८ पुष १३ गते ६:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology