निस्दी अध्यक्ष कपको उपाधी पूरुषमा बाकामलाङ महिलामा गल्धा

प्रेम बहादुर बाकाबल
प्रकाशित : २०७८ पुष १३ गते १४:०१

निस्दीमा चौथो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न
प्रेमबहादुर बाकाबल, सहलकोट
२०७८ पौष १२, निस्दी गाउँ पालिकामा पौष १० गतेदेखि शुरु भएको चौथो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता ढुङ्गानाबेसिको दल बहादुर जर्घा स्मृति खेलमैदानमा सम्पन्न भएको छ।
पालिका स्तरीय खेलकुद प्रतियोगिता उपभोक्ता समिति अध्यक्ष प्रदीप ज्ञवालीको अध्यक्षतामा भएको हो ।
खेलको उदघाटन गर्दै प्रमुख अतिथी निस्दि गाउँ पालिका अध्यक्ष मुक्त बहदुर सारुले अबका दिनमा भलिबल खेलसङ्गै रेफ्रि तालीम पनि संचालन गर्ने बताउनुभयो । उहाँले अध्यक्ष कप प्रतियोगिताबाट उत्पादित निस्दीका केही खेलाडीहरु राष्ट्रिय स्तरमा समेत खेल खेलिसकेको र अरुपनि त्यस्ता खेलाडीहरु उत्पादन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा निस्दीको नाम सक्नुपर्छ भन्नुभयो ।
पुरुष तर्फ निस्दीका सातै वडाबाट सहभागी रहेको खेलमा पहिलो वडा नम्बर १ बाकामालाङ्ग, दोस्रो वडा नम्बर ५ गल्धा, तेस्रो वडा नम्बर २ सहलकोट र चौथो वडा नम्बर ३ झिरुबास भएको छ।
महिला तर्फ ५ वटा समुह सहभागी रहेकोमा प्रथम वडा नम्बर ५ गल्धा, द्वितीय वडा नम्बर ४ मित्याल , तृतीय वडा नम्बर ३ सहलकोट र चौथो वडा नम्बर ३ झिरुबास भएको छ ।
प्रतियोगितामा पहिलो ,दोस्रो ,तेस्रो र चौथो हुने दुबै तर्फका विजयी समुहलाइ नगद,ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरेको हो।


प्रकाशित : २०७८ पुष १३ गते १४:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology