सिलुवामा ३ दिने हेफर आधारशिला तालिम सम्पन्न

बिक्रम पंगेनी
प्रकाशित : २०७८ पुष १३ गते २१:२६

सिलुवामा ३ दिने हेफर आधारशिला तालिम सम्पन्न
१३पौष
पुर्बखोला १ सिलुवामा आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत मण्डलि युबा उद्यमी समुहका स्दस्यहरुलाइ ३ दिने हेफर आधार शिला तालिम पुर्बखोला कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना समाज उत्थान सहयोग केन्द्रको सहजीकरण तथा पुर्बखोला गाँउपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको छ।
उक्त तालिममा २३ जना युबाहरु सहभागी भएका थिए। तालिममा उद्यम गर्न चाहाने युबाहरुलाई योजना निर्माण देखि सफल उद्यमी बन्नका लागि आबश्यक ज्ञान सीप तथा ब्यबहारिक धारणा हरु दिइएको थियो। तालिमको सहजीकरण समाज उत्थान सहयोग केन्द्रका युवा संयोजक देब ब. ढेंगा, सामुदायिक सहजकर्ता मोनिका श्रेष्ठ र सिलुवा स्वास्थ्य चौकिका अहेव मौसम राइले गर्नुभएको थियो। तालिमको समापन कार्यक्रममा बोल्दै युवाहरुले तालिममा सिकेका कुराहरु ब्यबहारिक रुपमा लागु गरेमा सफल उद्यमी बन्न धेरै सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथी एबम पुर्बखोला १ सिलुवाका कार्यवाहक अध्यक्ष गिरिमान आलेले बताउनुभयो।
कार्यक्रम मण्डलि युबा उद्यमी समुहका अध्यक्ष लोक बहादुर रानाको अध्यक्ष र बिक्रम पंगेनीको संचालनमा सम्पन्न भएको थियो।


प्रकाशित : २०७८ पुष १३ गते २१:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology