नमुना महिला अधिकार मञ्च कसेनीले छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

मायाँ बस्याल
प्रकाशित : २०७८ पुष १५ गते २१:१९

१५ पुस ,

माया बस्याल
नमुना महिला अधिकार मञ्च कसेनीले छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीमा नमुना महिला अधिकार मञ्चले छैठाैं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कार्यक्रममा समुहको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भौतिक पूर्वाधार सहयोग वडा कार्यालय गरेको साथै समुहमा अहिलेसम्म अायव्यय विवरणमा १ लाख ५० हजार बराबरको काराेबार भएको बताउनु भयो । अघिल्लो वर्ष सम्म १० रुपैयाँ मासिक उठाएको थियोे भने पछिल्लो समयमा मासिक ५० रुपैयाँका दरले मासिक समूह बचत उठाउने , समुहबाट कार्यक्रममा जादा सहभागी हुदा प्राप्त रकम समुहको काेषमा नै राख्ने गरिएको काेषाध्यक्ष लिना चिदीले प्रस्तुत गर्नु प्रतिवेदनमा थियो ।

कार्यक्रमका अवसरमा महिला अधिकार मञ्चले स्थानीय सरकारको सहयोगमा ९ लाखका बनेको भवन उद्घाटन समेत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् वडा नम्बर ३ वडा अध्यक्ष दिपक थापाले २०७२ सालमा स्थापना भएर साङ्गठनिक रुपमा अगाडि बढेको याे समूह कृषि खेति , पशुपालन , समुहगत कार्य देखि लिएर भाैतिक पूर्वाधार निर्माणमा समेत संगठित रुपमा अगाडि बढेर नमुना काम गरेकोमा धन्यवाद दिदै अागामी दिनमा अाफूले वडा कार्यालय बाट गाउँपालिका बाट गर्नुपर्ने सहयोग पूर्ण रुपमा गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

कार्यक्रमका अध्यक्ष माया चिदीले समुहलाई अगाडि बढाउदै लगिएको साथै संगठन बिस्तार गरिएको साथै अागामी दिनमा वडा कार्यालयको थप सहयोगको अपेक्षा रहेको समेत व्यत्त गर्नु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि कार्यपालिका सदस्य मनुमाया कुमाल र तारा रसाइलीले शुभकामना दिदै कार्यपालिका बाट गर्नपर्ने सहयोग पूर्ण रुपमा गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रम कार्यक्रमका अतिथि एस आर डि सि एन प्रतिनिधि माेतिसरा राना, टाेलसंयाेजक दानबहादुर चिदी टाेपबहादुर घर्ती लगाएतले शुभकामना दिनुभएकाे थियो ।

समुहका तर्फबाट चिन्तना चिदी , पुष्पा थापा, सावित्री चिदी ,बालकुमारी गाहा ,गिता गाहा लगाएतले समुहमा बसेर अाफुहरुमा अाएकाे परिवर्तन र परिवर्तन ल्याउन गर्नु परेको संङ्घर्षकाे बारेमा बताउनु भएको थियो ।

कार्यक्रम समुहका उपाध्यक्ष मिना चिदीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम समुहका सचिव जमुना जर्घा र धनिसरा अालेकाे सञ्चालन गर्नु भएको कार्यक्रम माया चिदीकाे अध्यक्षतामा सम्पन्न भएको हाे।


प्रकाशित : २०७८ पुष १५ गते २१:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology