प्रथम कालिका महोत्सव सम्पन्न

अमृत काम्मु मगर
प्रकाशित : २०७८ पुष १६ गते १८:०३

पाल्पा।पुर्वखोला गाउँपालिका-५,पोखरीछापमा प्रथम कालिका महोत्सव तथा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
यहाँ रहेको कालिका युवा क्लवको २९ अौं वार्षिकोत्सबको अवसर कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुको प्रस्तुतिका साथै स्थानिय संस्कृति एवं परिकारहरुको विशेष प्रदर्शनी समेत रहेको थियोे । पौष १३ गतेको उद्घाटन कार्यक्रम पुर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे भने कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु डोलराज बारघरे,मेक सारु,धनमाया दिसुवा,यान प्रसाद न्यौपाने,बसन्ती सुनारी तथा हाँस्य कलाकार पुरुषोत्तम भण्डारी”पुर्खे बा” लगायतको प्रस्तुती रहेको थियोे । पौष १४ गतेको कार्यक्रम अबिरल परेको वर्षाले प्रभावित बनेपछि पौष १५ गते कार्यक्रम भएको थियोे । उक्त दिनको कार्यक्रममा चर्चित लोकदोहरी गायक खेम सेञ्चुरी,जमुना राना,अमृता नेपाली,लक्ष्मी राना,दीपक दर्लामी तथा नायिका तथा मोडल सिर्जना मश्राङ्गीको प्रस्तुति रहेको थियोे ।


प्रकाशित : २०७८ पुष १६ गते १८:०३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology