पाल्पाको लघुवामा मलामी बोकेको बस दुर्घटना ।।

Kandara News
प्रकाशित : २०७८ पुष १८ गते १४:०८

पाल्पा, पुस १८
बुटवलबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । लु १ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ८ जना गम्भीर घाईते भएका छन् । दुर्घटनामा परी ७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नंं २ लघुवा घुम्तीमा बस दुर्घटनामा परेको हो । बसमा सवार ३५ जना मध्ये अन्य २० जना सामान्य घाईते भएका छन् । घाईते सबैको लुम्बिनी मेडिकल कलेज प्रभास र युनाईटेड मिशन अस्पताल पाल्पामा उपचारका लागि लगिएको छ । बस सडकबाट झण्डै एक सय मिटर तल खसेको र चालक फरार रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले बताए ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका स्थायी ठेगाना भएका व्यक्ति बुटवल फर्साटिकटमा मृत्यु भएपछि शव दाहसंस्कारका लागि रिडीमा अन्त्येष्टीका लागि लगिँदै गरेको थियो ।
मृतकको भने पहिचान खुल्न सकेको छन् । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको पाल्पा प्रहरीले जनाएको छ । सेरोफेरो बाट


प्रकाशित : २०७८ पुष १८ गते १४:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology