जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था लि को छैठौ वार्षिक साधारण सभा सम्पन्न

Kandara News
प्रकाशित : २०७८ पुष १८ गते १८:२६

जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था लि को छैठौ वार्षिक साधारण सभा सम्पन्न
प्रेमबहादुर बाकाबल ,
२०७८ पौष १८, जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था लि निस्दी २ सहलकोट पाल्पाको छैठौ वार्षिक साधारण सभा तथा भवन उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष राममाया लामिछानेको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारु रहेको हो । मुख्य पाहुना सारुले कार्यक्रम तथा भवनको उदघाटन गर्दै “तरकारीलाई हजारी ,अन्नलाइ भकारी र जनतालाई सहकारी”अति आवश्यक छ । सहकारी मार्फत प्रत्येक शेयर सदस्यले आर्थिक क्रान्ति गरि सबैको मुहार हसिलो हुन सकोस् र जुन उदेश्यका लागि ऋण लिएको छ सोही काममा लगानी गर्नु पर्छ ताकी भोलि सहकारीको ऋण तिर्न अर्को सहकारी वा व्यक्ति सङ्ग ऋण माग्न नपरोस भन्नुभयो । अब यस्तै सहकारी संस्थाहरु ले उत्पादन गरेको उत्पादित वस्तुको अधारमा निस्दी गाउँ पालिका लाई मासुको पकेट क्षेत्र घोषणा गर्ने बताउनुभयो ।
सहकारी संस्थाका अध्यक्ष राममाया लामिछानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यस आर्थिक वर्षमा १ हजार खसी बोका बजारीकरण गर्ने,शेयर सदस्य १ हजार पुर्याउने,शेयर रकम ३० लाख पुर्याउने ,पशु विमालाइ निरन्तरता दिने जस्ता कार्यक्रम रहेको बताउनुभयो । व्यवस्थापक निर्मला रानाले २ करोड ९८ लाख उन्तीस हजार ९३४ रुपैयाँ बराबरको आय व्य्य विवरण प्रस्तुत गर्दै संस्थाको खुद नाफा १० लाख,२६ हजार ७८६ रुपैयाँ रहेको बताउनुभयो ।
कार्यक्रममा सहकारीको उज्ज्वल भविस्यको कामना गर्दै वडा अध्यक्ष पुर्ण बहादुर थापा बाकाबल,जनविकास तथा परिचालन केन्द्र नेपालका कार्यकारी निर्देशक देविलाल लामिछाने लगायत मनका धारणा राखेको हो।
उपाध्यक्ष भविसरा मस्राङ्गिको स्वागतबाट अगाडि बढेको कार्यक्रमको संचालन सचीव पार्वती बाकाबलले गरेको हो ।


प्रकाशित : २०७८ पुष १८ गते १८:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology