हेक्लाङमा जिप दुर्घटना १ को अवस्था चिन्ताजनक ; पूरा विवरण

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ पुष १९ गते ९:४६

पूर्वखोला-६,हेक्लाङको लाकुरी गुरुङडाँडामा लु१ज २६०७ को  जिप दुर्घटना भएको छ ।

हेक्लाङ बाट तानसेन जान छुटेको उक्त गाडी अनियन्त्रित भई बिहान अन्दाजी ८ बजेतिर दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा परि २८ बर्षका पूर्ण बहादुर फाल ,१९ बर्षका चिञ्जीवी सारु , २९ बर्षे प्रेम सिंजाली , ३० बर्षका टेक बहादुर पल्ली , ४३ बर्षे पवि सरा सारु घाईते भएको प्रहरीले जनाएको छ । फालको अबस्था चिन्ताजनक रहे पनि अरुको अवस्था सामान्य रहेको छ । घाईतेहरुको उपचारका लागि मिसन हस्पिटल तथा लुम्विनी मेडिलल कलेज लाने तयारी भैरहेको छ । दुर्घटना के कति कारणले भयो पूर्ण जानकारी भने आउन बाँकी रहेको छ । गाडी माथिल्लो सडकबाट करिब २५० मिटर तल्लो  सडकमा आईपुगेको छ ।


प्रकाशित : २०७८ पुष १९ गते ९:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology