रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको सातौ बाषिक साधारण सभा तेस्रो अधिवेशन उत्घाटन सत्र सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७८ पुष २१ गते १९:४१

रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको सातौ बाषिक साधारण सभा तेस्रो अधिबेसन कार्यक्रम भयो ।
पौष २१ रमा भण्डारी रामपुर पाल्पा

रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको सातौ बाषिक साधारण सभा तथा तेस्रो अधिबेसन कार्यक्रम आज भएको छ । रामपुर उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराइको स्वागतबाट शुरु भएको साधारण सभाका मुख्य पाहुना लुम्विनी प्रदेश नेपाल उद्योग बाणिज्य महा संघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा ले साधारण सभाको पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको छ । कार्यक्रममा मुख्य पाहुना नेपाल उद्योग बाणिज्य महा संघ लुम्विनी प्रदेशका अध्यक्ष शर्माले बोल्दै तपाइको गत्तव्य मेरो मन्तव्य भन्दै वहाले आफु रामपुरमा अनुभव साटासाट गर्ने आएको हो भन्नु भएको छ । हामीले यसक्षेत्रमा रहेका उद्योगि व्यापारी सबैलाइ एकिकृत गरि भोली कसरी संस्थालाइ अगाडि लैजाने भन्ने विषयमा ध्यानदिन आग्रह गर्नु भएको छ । विद्याथिलाइ पढ्न त पठाइयो तर पढे नपढेको कत्तिको ख्याल गरियो त्यस तर्फ ध्यान दिन जरुरी रहको बताउनु भएको छ ।
कर्यक्रममा वहाले हामी सबैले विकास र समृद्धि नै चाहान्छौ भन्दै उद्योगी व्यापारी व्यावसायीको हकहितको संरक्षण सम्वद्धनका साथ अगाडि बढ्न अनुरोध गर्नु भयो । वहाले जिल्लाको दिगो सामाजिक आथिक विकास गदै राष्टको आथिक विकासमा टेवा पुर्याउने खालका काममा ध्यान दिन पनि आग्रह गर्नु भयो । वहाले यस क्षेत्रका उद्योगी व्यावपरी व्यावसायीको प्रचलित कानुन नियमको परिधीमा रही हकहितको संरक्षण गर्न उत्पादनलाइ बजारी करण गर्ने उपभाक्तालाइ गुणस्तरीय उपभोग्य बस्तु उपलव्ध गराउन नविन अवश्वरको सृजन गर्ने कुरामा ध्यान पुर्याउन पर्छ भन्नु भयो ।
रामपुर उद्योग बाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकास ढकालले उद्योगी व्यापारी व्यावसायीको हकहितको संरक्षण सम्वद्धनका साथ जिल्लाको दिगो सामाजिक आथिक विकास गदै राष्टको आथिक विकासमा टेवा पुर्याउन२०७२ सालमा मा रामपुर उद्योग बाणिज्य संघ गठनगरी यहा सम्म आइपुगेको बताउनु भयो । कार्यक्रममा रामपुर उद्योग बाणिज्य संघमा अहिले ६ सय ६६ जना सदस्य आवद्ध रहेको प्रतिबेदन पढेर सुनाउनु भएको हो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासघका लुम्विनी प्रदेश उपाध्याक्ष भिम बहादुर श्रेष्ठले बजारलाइ व्यवस्थित गर्ने उद्योग बाणिज्य संघले महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्य ,लुम्विनी प्रदेश महिला उद्यमी विकास समिति सदस्य रन्जना अर्याल ,रामपुर उद्योग बाणिज्य संघ रामपुरका सल्लाहाकार राजु प्रसाद श्रेष्ठ, हुमनाथ न्यौपाने ,नेत्र प्रसाद भट्टराइ ,फणेश्वर गौतम,कमलराज भट्टराइले बोल्दै उद्योगि कृषकहरु मारमा परेका छन् त्यस तर्फ ध्यानदिन अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका नगर उपसभापति ज्ञान प्रसाद भण्डारीले अव समाज परिवर्तन गराउन आथिक स्तर उकास्नु पर्छ त्यसैले अव कृषिक्षेत्रलाइ प्राथमिकतामा राखेर महासघ अघि बढ्न शुभकामना दिनुभएको छ । ,नेकपा एमालेका नगर अध्यक्ष विष्णु प्रसाद रेग्मीले समस्या आउन नदिन सबै मिलेर अगाडि बढ्नु पर्छ भन्नु भयो । नेकपा एकिकृत समाजबादिका नगर उपाध्यक्ष रामप्रसाद भण्डारीले उपभोक्ताको आवश्यक्ता बुझेर अडाडि बड्न पर्छ भन्नु भयो । नेकपा माओबादि केन्द्रका नगर अध्यक्ष यम बहादुर सुनारले जुन उदेश्य लिएर अगाडि बढेको छ त्यो उदेश्य पुरा गर्ने ध्यान दिन अनुरोध गर्नु भएको छ । राष्टिय जनमोर्चाका नगर अध्यक्ष रामप्रसाद गैह्रे लगायतले साधारण सभा सफलताको शुभकामना दिनुभको हो ।
कार्यक्रममा साना शहरी खानेपानि तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष हजिलदिन मियाँ ,अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा सम्पुर्ण पत्रकारहरुको तर्फ बाट बन्दना पोखरेल लगायतले अव यस क्षेत्रबाट भोरी टक ल्याउने र खालि पठाउनी होइन पठाउदा पनि भोरी नै पठाउन सक्यौ भने हाम्रो अर्थतन्त्र बलियो हुन्छ त्यसैले अव उद्योग बाणिज्य संघले यसको बारेमा ध्यान दिन जरुरी रहको छ भन्नु भएको छ । कार्यक्रममा सहभागिलाइ धन्यबाद उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले दिनुभउको कार्यक्रम रामपुर उद्योग बाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकास ढकालको अध्यक्षतामा भउको हो । होटल श्रीनगरको सभाहलमा भएको साधारण सभाको संचालन संघका महासचिव खिम बहादुर केशिले गर्नु भएको हो । कार्यक्रममा सघले मुख्य पाहुना लगायत अतिथिहरुलाइ रामपुरको महत्वपुर्ण स्थान रहेको मायाको चिनो प्रदान गरेको हो । अव बन्द सत्रले नया नेत्रृत्व चयन गर्ने छ । ।


प्रकाशित : २०७८ पुष २१ गते १९:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology