एमाले पाल्पाको ९ औं अधिवेशन

Kandara News
प्रकाशित : २०७८ पुष २३ गते २०:०२

पाल्पा – नेकपा एमाले पाल्पाको नवौें जिल्ला अधिवेशन सुरू भएकाे छ । तानसेन नगरपालिका –९ तिन्टीआँप मदनपोखरामा एमालेकाे अधिवेशन शुक्रबारदेखि सुरू भएकाे हाे ।

नवौँ अधिवेशनको उद्घाटन एमालेका पूर्वमन्त्री एवं पाेलिटव्यूराे सदस्य दलबहादुर रानाले गर्नुभयाे । उहाँले अब एमाले एकताबद्ध भएर अघि बढ्ने बताउनुभयाे । अधिवेशनका लागि पाल्पाका सबै वडा तथा पालिकाबाट प्रतिनिधि कार्यक्रम स्थलमा आइपुगेका छन् ।

उद्घाटन कार्यक्रममा नेकपा एमालेका नेकापा एमाले पोल्युट व्युरो सद्स्य एवम लुम्बिनी प्रदेश सह इन्चार्ज दल बहादुर राना , नेकपा एमाले पोल्युट व्युरो सद्स्य एवम नेकप एमले पाल्पा जिल्ला इन्चार्ज ठाकुर गहिरे केन्द्रिय सदस्य एवम नेकपा एमाले पाल्पा जिल्ला सह इन्चार्ज सिर्जना काफ्ले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललगायतले बाेल्नुभएकाे थियाे ।

अधिवेशनमा जिल्लाभरबाट ८ सय बढी प्रतिनिधि, पार्टीका कार्यकर्ता, को उपस्थित रहेको थियो ।


प्रकाशित : २०७८ पुष २३ गते २०:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology