पूर्वखोलामा विद्यालयमा १ हप्ता जाडो विदा हुने

छवि पंगेनी
प्रकाशित : २०७८ पुष २३ गते २१:३३

पूर्वखोला गाउँपालिका स्तरीय प्रधानाध्यापकहरुको बैठक पुर्वखोला -३ पाल्पामा सम्पन्न भएको छ। बैठकमा पूर्व बैठकको समिक्षा , दोस्रो चौमासिक माग फारम माघ १० गते भित्र बुझाउनुपर्ने , अर्धबार्षिक परिक्षा माघ २० गतेबाट सन्चान गर्ने ,हिउदे विदा माघ २५ गतेदेखि ३० गते सम्म गर्ने , माघ -८ गते भित्र शसर्त कार्यक्रमको प्रस्दावना सबै विद्यालयहरुले पठाउने , प्राथमिक तहस्तरिय नृत्य प्रतियोगिता माघ १४ गते अगाडी गणपति मा. वि. विरकोटमा गर्ने र अपांग विद्यार्थी विवरण माघ १० गते भित्रमा इमिसमा भरी पठाउने सम्बन्धि निर्णयहरु भएको थियो। कार्यक्रमको सहजीकरण पूर्वखोला गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक बिक्रम बस्नेतले गर्नु भएको थियो।कार्यक्रममा पुर्वखोला गाउँपालिका प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले आफ्नो विद्यालय सन्चालन गर्ने मुख्य भुमिका प्रधानाध्यापकहरुको हुने भएकोले हामिले आफ्नो सामाजिक भुमिका निर्वाह गरि समुदायमा अध्ययन गर्ने बालबालिकाहरुलाई आषाको दियो बाल्न सक्नु पर्नेमा जोड दिनुभयो। बैठकमा गाउँपालिका भरिका ३८ वटा विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो।बैठक पूर्वखोला गाउँपालिका शिक्षा शाखाका प्रमुख डिल्लीराम ढुङ्गानाको अध्यक्षतामा चलेको हो।


प्रकाशित : २०७८ पुष २३ गते २१:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology