जन उज्ज्वल आधारभुत विद्यालयले शैक्षक गुणस्तर वृद्धि गर्न गर्यो वृहत् अन्तरक्रिया कार्यक्रम ।

छवि पंगेनी
प्रकाशित : २०७८ पुष २५ गते १८:३०

पुष २५

जनउज्ज्वल आधारभूत विद्यालय पूर्वखोला -३अर्खलडांडा पाल्पामा शैक्षिक गुणस्तर वृद्धिका लागि वृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका मुल पाहुना पूर्वखोला गाउँपालिका शिक्षा शाखा प्रमुख डिल्ली राम ढुंगानाले शैक्षिक गुणस्तर वृद्धि गर्नकालागि शिक्षक, विद्यार्थी र अविभावकको महत्त्वपूर्ण भुमिका हुने भएकाले त्रिकोणात्म सम्बन्ध समधुर हुनुका साथै आ आफुमा भएका कमिकम्जोरी हरु औल्याउँदै सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।उहाँले विद्यालय का शिक्षक र अभिभावक विचमा द्वन्द नभएर शैक्षिक गुरस्तर वृद्धि गर्न समधुर सम्बन्ध राखेर अघि बड्नु पर्ने बताउनु भयो । कार्यक्रमका विशिष्ट अथिती उद्धबुद्ध कलेज प्रमुख एवम उद्ध्बुद्ध मा वि वि.व्य.स अध्यक्ष कृष्ण प्रसाद भट्टराईले अभिभावकहरु सामु विद्यार्थी दैनिक १७ घण्टा रहने हुदा भाषा तथा रहनसनको बारेमा विद्यार्थीले घर बाट नै सिक्ने हुदा अभिभावले दैनिक साझ विहान विद्यार्थी लाई समय दिने वातावरण प्रधान गर्नु आग्रह गर्नु भएको थियो । भट्टराईले शिक्षकले शैक्षिक सामाग्रीको अधिकत्म प्रयोग गरेर सिकाईलाई सहजीकरण बनाउनु पर्ने सुझाब समेर व्यत्त गर्नु भएको थियो । कार्यक्रमका विशिष्ट अथिती उद्ध्बुद्ध माद्यामिक विद्यालयका प्रधानाद्यापक लोकहरी देवकोटाले विद्यार्थी को भविश्यको बारेमा बुझ्न प्रत्यक अभिभावक विद्यालयमा उपस्थित हुनुपर्ने बताउनु भयो ।
कार्यक्रम पूर्वखोला गाउँपालिका शिक्षा शाखा प्रा.श. विक्रम बस्नेत , जन उज्ज्वल आधारभुत विद्यालयका पूर्व प्रधानाद्यापक केशब राज पंगेनी , विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु , व्यवस्थापन समिती सद्स्यहरु , शिक्षक , अभिभावक , विद्यार्थी हरुले शैक्षक गुणस्तर बुद्धि गर्न पर्ने सुझाव व्यत्त गर्नु भएको थियो । विद्यालयका बारेमा भएका कमि कमजोरीको बारेमा उठेका प्रश्नको उत्तर विद्यालयका प्रधानाद्यापक कृष्ण प्रसाद पंगेनीले दिनु भएको थियो ।
विद्यालयका शिक्षक डिल्ली राज पंगेनीको संचालमा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रेम नारायण पंगेनीको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०७८ पुष २५ गते १८:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology