सिलुवामा बृहत् पोषण सम्बन्धि तीन दिने तालिम सम्पन्न ।।

विक्रम पंगेनी
प्रकाशित : २०७८ पुष २६ गते १८:५५

सिलुवामा बृहत् पोषण सम्बन्धि तीन दिने तालिम सम्पन्न ।
२६ पौष २०७८
पुर्बखोला १ सिलुवामा सामुदायिक स्वास्थ्य स्यवमसेबिका हरुलाइ बृहत् पोषण विशेष तिनदिने तालिम सम्पन्न भएको छ।।
बृहत् पोषण सम्बन्धि एकीकृत ज्ञान,सीप र ब्यबस्थापकिय क्षमता वृद्धि गर्ने उद्देश्यले उक्त तालिम सम्पन्न गरिएको थियो। तालिममा सिलुवाका ११ जना महिला स्वास्थ्य स्वयंसेबिकाहरुको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण सिलुवा स्वास्थ्य चौकिका प्रमुख अहेब मौसम राई लगायत स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीहरुले गर्नुभएको थियो। तालिम पौष २३ गतेदेखी २५ गतेसम्म संचालन भएको थियो।। समापन कार्यक्रममा बोल्दै तालिममा सिकेका ज्ञान सीप क्षमता लाई समुदायमा प्रभाबकारीताका साथ कार्यान्वयन गर्नुपर्ने प्रमुख अतिथी एबम पुर्बखोला गांउपालिका उपाध्यक्ष भागिरथी भट्टराईले बताउनु भयो।। समापन कार्यक्रम गिरिमान आलेको अध्यक्षतामा चकेको थियो।।


प्रकाशित : २०७८ पुष २६ गते १८:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology