सहलकोटमा एक दिने निशुल्क आखा शिविर सम्पन्न

प्रेम बहादुर बाकावल
प्रकाशित : २०७८ पुष २७ गते ६:३५

२०७८ पौष २६
निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटमा एक दिने निशुल्क आखा शिविर सम्पन्न भएको छ ।
निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटको आयोजना ,नेपाल नेत्र ज्योति संघ कालीगण्डकी आखा उपचार केन्द्र रामपुर पाल्पाको प्राविधिक सहयोग र friends japan dr.Raiju yasuda को आर्थिक सहयोगमा शिविर सन्चालन भएको हो ।
कालीगण्डकी आखा उपचार केन्द्र रामपुर पाल्पाको कार्यालय प्रमुख सुन्दर रानाका अनुसार जम्मा १२६ जनाको आखा जाँच गरेकोमा १०४ जनालाइ निशुल्क औषधि , १५ जनालाई चस्मा र ७ जनालाइ परामर्श दिएको हो। दस जनाको मोतिया विन्दुको अप्रेसन गर्नुपर्ने भएकोले पौष २८ गते रामपुर आखा अस्पतालमा बोलाइएको कार्यालय प्रमुख सुन्दर थापाले जानकारी दिनुभयो ।
शिविरको उदघाटन सत्रको अध्यक्ष निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटका वडा अध्यक्ष पुर्ण बहादुर थापा बाकालको अध्यक्षतामा भएको हो।
सहलकोट स्वास्थ चौकी सहलकोटका प्रमुख जगत थापाको स्वागत बाट अगाडी बढेको कार्यक्रमको सन्चालन वडा सचिव विमला आचार्यले गर्नुभएको हो।


प्रकाशित : २०७८ पुष २७ गते ६:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology