रामपुर नगरपालिकाको सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७८ पुष २७ गते ६:४०

पौष , रामपुुुर, पाल्पा

रामपुर नगरपालिकाको सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले आज पछिल्लो ६ महिनाको अवधिमा गरेका विभिन्न कार्यक्रम सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । यस आर्थिक बर्षको ६ महिनाको अवधिमा नगरपालिकाले नगरमा ६ सय ८९ योजना मध्ये जम्मा २ सय २२ वटा मात्रै योजना सम्झौता भएको छ । कार्यक्रममा सहभागिले नगरले वडाको केही योजना कटौती गरेको , न्यायिक समितिले निवेदन प्रति सुनुवाई नगरेको , नगरको बजार अनुगमन फितलो भएको , पर्यटन क्षेत्रको प्रबद्र्धन गर्नु पर्ने , मन्दिर तथा गुठिका जग्गाका समस्या समाधानमा ढिलाई भएको , सित भण्डारमा राखेको आलु विग्रेका कृषकलाई राहात उपलब्ध गराउनु पर्ने , योजनाहरु सम्पन्न गर्नका लागी निर्माण सामग्रीको अभावका कारण योजनाहरु समयमा सम्पन्न गर्न नसकिने भएकाले म्याद थप गर्नु पर्ने , कर्मचारीको अनुपस्थिति र व्यवस्थापन नहुँदा सेवाग्राहीले सास्ती वेहोर्नु परेको लगाएतका गुनासो राखेका थिए । सहभागिले राखेका प्रश्न र गुनासको जवाफ दिँदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरभित्र संचालन भएका हरेक योजना आवश्यकताको आधारमा संचालन गरिएको भन्दै कतिपय सेवा कार्यविधि नभएका कारण प्रदान गर्न नसकिएको बताउनुभयो । नगरको विकासका लागि नैतिकताको लागी निर्णय गर्दा कतिपय कानुनि जटिलता आएको भन्दै उहाँले नगरको विकासका लागी आफु जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको बताउनुभयो । अहिले नगर भित्रका विभिन्न योजनाहरु सम्पन्न गर्नका लागी कालिगण्डकी नदिबाट नदिजन्य पदार्थ उत्खनन गर्ने निर्णय गरे पनि विकास विरोधि तत्वले सर्वोच्च अदालतमा नगरपालिका विरुद्ध मुद्दा दायर गरेको बताउनुभयो । उहाँले सहभागिबाट प्राप्त भएका गुनासो र सुझाव सहित आगामी दिनमा समृद्ध नगरपालिका निर्माणका लागी आफु लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले न्यायिक समितिले हरेक नागरिकलाई निष्पक्ष रुपमा न्याय प्रदान गरेको बताउनुभयो । उहाँले पटक पटक बजार अनुगमन गरेर व्यापारीलाई सामान बाहिर नराख्न आग्रह गरे पनि व्यापारीले अटेरी गर्दै आएकाले अव पनि अटेरी गरे सामान उठाउन बाध्य हुने बताउनुभयो । कार्यक्रममा विभिन्न विषयगत शाखाको प्रतिवेदन र प्रगति समिक्षा सहितको प्रतिवेदन प्रस्तुत गदै रामपुर नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत गंगालाल सुवेदीले नगरपालिकाले आर्थिक बर्ष २०७८–०७९ को ६ महिनामा नगरले सोचे अनुरुप आम्दानी गर्न नसकेको बताउनुभयो । नगरको विकासका लागी सवैको सहयोगको खाँचो रहने भन्दै उहाँले नगरको विकासमा सवै एक हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले नगरले गरेका हरेक निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै कर्मचारीको उचित व्यवस्थापन गरि सेवा प्रवहा छिटो र सजिलो गराउन आग्रह गर्नुभयो । यस्तै नेकपा एमाले रामपुरका अध्यक्ष विष्णु प्रसाद रेग्मीले कुनै पुर्वाग्रही भावना नराखी समग्र रामपुरको विकासका लागी सहि मान्छे र सहि निर्णय गरेर योजना तथा कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो । नेकपा एकिकृत समाजवादीका केन्द्रिय सल्लहाकार सदस्य लेखनाथ पोखरेलले नगर भित्रका हरेक निकायमा भएका कमिकमजोरी सम्बन्धित स्थानमा गई खबरदारी गर्नु पर्ने भन्दै नगरको यथोचित विकासमा सवै एक भएर लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगपालिकाका कृषि विकास अधिकृत रामहरी पाण्डेले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन योजना अधिकृत कपिल बहादुर खाँणले गर्नु भएको थियो ।


प्रकाशित : २०७८ पुष २७ गते ६:४०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology