प्रतिपक्षले समेत प्रशंसा गरेको पूर्वखोला गाउँपालिकाको दशौं गाउँ सभा

डिल्ली पंगेनी
प्रकाशित : २०७८ पुष २७ गते २३:३६

पूर्वखोला गाउँपालिकाले  दशौं गाउँसभा सम्पन्न गरेको छ ।
पूर्वखोला गाउँपालिकाले पालिकाको  गाउँसभा पूर्वखोला गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको हो । गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले गाउँपालिकाले तए गरेको नारा “ शिक्षा, स्वास्थ्य, कृषि पर्यटन सहितको पूवाधार , पूर्वखोला विकासको आधार भन्ने मुल नारा सहित पूर्वखोलाको दशौं गाउँसभा गर्न सफल रहेको बताउनु भयो । गाउँसभा मार्फत नै पूर्वखोला विकाषको लागि चाहिने योजना बनाईएको बताउनु भयो । थापाले स्थानीय तहको पहिलो कार्यकाल रुपमा जिम्मेवार रहदै गर्दा शुन्य स्तरमा रहेको गाउँपालिको कामहरु पाँच बर्षको वेला सम्म विभिन्न अभ्यास गदै आएको बताउनु भयो । शिक्षा ,स्वास्थ्य, कृषि , खानेपानि , सडक लाई मुख्य प्राथमिता दिएर अघिबडेको बताउनु भयो । कोविड का कारणले गर्दा भने जत्तिको हुन नकेता पनि धेरै दिर्घकालिन रुपमा देखिने काम गरेको बताउनु भयो । अध्यक्ष थापाले कति पए कुरा सम्बिधानमा नै स्थानिय तहलाई सम्पूर्ण अधिकार दिईनसकाले पनि काम गर्न समस्या रहेको बताउनु भयो ।
प्रमुख अतिथिको रुपा रहनु भएका लुम्बिनि प्रदेश साम्सद नारायण आचार्यले पुर्वखोला गाउँपालिकाकको दशौं गाउँसभाको अवसरमा सम्वोधन गर्दै जनताको काम गर्न तीन तहको सरकार लागिपरेको बताउनु भयो । आचार्यले संघियता संगै सुरुवाति चरणमा कर्मचारीहरु नहुदा जन प्रतिनिधिहरलाई काम गर्न समस्या भएको त्यसका बाबजुत पनि थुपै विकाषका कामहरु गर्न सफल रहेको बताउनु भयो । उहाँले नेपालको इतिहास मै नेकपा एमालेले नेतृत्व गरेको सरकारको वेलामा थुप्रै विकास निर्माणको काम गर्न सफल रहेको बताउनु भयो । उहाले छोटो समयमा पनि विकाष निर्माणको कामहरु गरेको बताउनु भयो । सम्विधानले गरेको कामहरु पूरा गर्न पूर्वखोला गाउँपालिका जिम्मेवारी पूर्व लागेको बताउनु भयो । विद्यालय समायोजन लगाएतका गति विधिहरु, शुन्य होम डेलिभरी लगाएतका महत्वपूर्ण काम गरेको बताउदै आफु प्रदेश साम्सद भएर यस क्षेत्रको विकाष निर्माणमा काम गरेको बताउनु भयो । आचार्यले रामपुर रोल्पा प्रदेश सरकारको महत्वपूर्ण बाटोको रुपमा काम गर्न सकेको बताउदै हुमिन रिङ्नेरह सडक खण्डको काम तिब्र गतिमाकाम भैरहेको बताउनु भयो । उहाँले १५ शैयाको हस्पिटल , खेलमैदान , प्रर्यटन क्षेत्रमा धेरैकाम गर्न सफल रहेको बताउनु भयो ।
गाउँपालिकाको दशैं सभाको अवसरमा जिल्ला सम्वन्यन समितिका सदस्य ईश्वरी प्रसाद न्यौपानेले यस ५ बर्षमा सुरुवातको दिन देखिनै काम गर्ने भवनहरु नहुदा समस्या संगै सम्पूर्ण संरचना हरु हुदै गएको बताउनु भयो । निर्वाचन पश्चात यहि क्षेत्रको नागरिकले नै जितेर आउने हुदा यसै क्षेत्रको विकाष हुने बताउनु भयो । उहाँले अवको कार्यकाल अन्तिम चरणमा रहेको पून निर्णवाचन भएर अहिलेको जनप्रतिनिधिहरु दोहोरीन पनि सक्ने र नयां अनुहार पनि आउन सक्ने बताउनु भयो । सबै दलहरु समाबाद उन्मुख रुपमा लाग्नु गर्ने सम्बिधानमा रहेको बताउदै शिक्षा, स्वास्थ्य सहितको निम्न स्तरको व्यत्तिहरुको जिवन स्तर कसरी माथि पु¥र्यायने त्यो महत्वपूर्ण रहेको बताउनु भयो । हिज भएका काम हरु पून नयां बन्ने टिमले पनि अगाडि बढाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पाल्पा शाखाका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले पूर्वखोला गाउँपालिकाले राज्यको अन्य स्थानीय तहले पनि गौरव गर्ने र गरि काम गरेको बताउदै पूर्वखोाको प्रसंशा गर्नु भएको थियो । विद्यालय मर्च, लुम्विनि प्रदेश कै पहिलो शुन्य होम डेलिभरी सेवा , पूर्वधार विकास को काम गर्दा  देखिने गरि गरिनु पर्ने बताउनु भयो । गाउँपालिकाको केन्द्रका भैतिक पूवाधार देखि एउटा सुविधा सम्पन्न रहेर त्यस स्थानमा बस्ति विकाष हुन पर्ने कुरा अउल्याउदै त्यस अनरुपको भैतिक पक्षहरुको व्यवस्थापन स्थानिय तह हरुले गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले पूर्वखोला अध्यक्ष जिवन आचार्यले पाल्पा जिल्लाको झण्डै झण्डै कान्छो जिल्लाको रुपमा स्थापित यस गाउँपालिकाको दशैं गाउँसभा सम्म आईपूगदा गरेको सकारात्म तथा रचनात्मक कामको प्रसंशा गदै आचार्यले पूर्वखोलाका पछाडि परेका गरिव, मजदुर, दलित आम जनताहरुको चाहाना अनरुप उन्नत समाज रुपान्तरण गर्ने गरि लक्ष्य र उद्ेश्यका साथ उपस्थित भएको बताउदै अन्तिम गाउँसभाको रुपमा नभै हिजका समिक्षा तथा आगामि योजना बनाउने रुपमा बुझनु पर्ने बताउनु भयो । नेकपा एमालेले प्रतिपक्ष विहिन रुपमा रहेकोहुदा पनि नेकपा एमालेको विधि, सिद्धान्त, चुनावि घोषणा पत्र अनरुप काम गर्न सफल रहेकोमा धन्यवाद प्रकट गर्दै शिक्षा, स्वास्थ्र्य पूवाधारहरुको विश्वासनिय रुपले जनतालाई निराष नबनाउने गरि विकास गर्नु पर्ने बताउनु भयो ।
पूर्वखोला गाउँपालिकाको दशैं गाउँ सभाको अवसरमा नेपालि काँगे्रस पार्टि प्रतिनिधि भुपाल पंगेनीले यस गाउँपालिकाले स्मर्ण गर्न लाएक थुप्रै विकाषका काम हरु गरेको बताउदै मस्याङ्दिमा ड्याम बाधेर विजुलि उत्पादन तफ् पनि लाग्नु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्टिय जन मोर्चाका प्रतिनिधि पूर्ण बहादुर फाल गाउँपालिकाको समर्ग पक्षमा राम्रो रहेकाले राम्रो काम गरेको आफुले राम्रो नै भन्ने गरेको बताउदै पर्यटन क्षत्रलाई अझ महत्व दिनु पर्ने बताउनु भयो ।
पूर्वखोला गाउँपालिकाको दशैं गाउँसभाको अवसरमा जनप्रतिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, कर्मचारीहरु, पत्रकार बुद्धिजिवीहरुको उपस्थित रहेको थियो दशै गाउँसभा पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुको संचालमा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षता भएको थियो ।
पूर्वखोला गाउँपालिकाले गाउँसभा लगतै पत्रकार सम्मेलन गरेको थियो पत्रकार सम्मेलनमा पत्रकार माहासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष राजेश कुमार अर्याल , कन्द्ररा न्यजका कार्यकारी निर्देशक डिल्ली पंगेनी , रेडियो प्रतिनिधि छवि पंगेनी विद्यालय समायोजन स्वास्थ्य , भौतिक पक्ष आदिको बारेमा प्रश्न गर्नु भएको थियो । पत्रकार हरुको उत्तर पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा , उपाध्यक्ष भागरथी भट्टराई, प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरु, गाउँपालिका प्रवक्ता एवम् वडा न २ जल्पाका वडा अध्यक्ष निर बहादुर सारु लगाएतले उत्तर दिनु भएको थियो ।

भिडियाे पेजमा उपलब्ध छ ।


प्रकाशित : २०७८ पुष २७ गते २३:३६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology