नेकपा एकीकृत समाजबादी रामपुर नगरकमिटिकाे बैठक सम्पन्न

रमा भण्डारी
प्रकाशित : २०७८ माघ ४ गते ८:०९

माघ ३,रामपुर पाल्पा

नेकपा एकिकृत समाजबादी रामपुर नगर कमिटिकाे बैठक सम्पन्न भएको छ । नेकपा एकीकृत समाजबादी नगर कमिटिका अध्यक्ष फणेश्वर गाैतमकाे अध्यक्षतामा बसेकाे बैठकका मुख्य पाहुना नेकपा एकीकृत समाजबादिका केन्द्रीय सल्लाहकार सदस्य लेखनाथ पाेखरेल रहनुभएकाे थियो ।
बैठकमा केन्द्रीय सल्लाहकार पाेखरेलले पार्टीको समसामयिक विषय र विकास निर्माणका कुरालाई जानकारी गराउँदै अब सबै वडामा वडा कमिटि गठन गर्ने भन्दै शसक्त रुपमा सबै मिलेर अगाडि बढ्नु पर्ने बताउनुभयाे ।
कार्यक्रममा प्रदेश कमिटि सदस्य बिनाेद श्रेष्ठले बाेल्दै भष्टाचार,अन्याय अत्याचार र पुँजिबादीहरुकाे विराेध तथा कम्युनिष्ट आन्दाेलन जाेगाउन एकीकृत समाजबादी जुर्मुराएकाे बताउनुभयाे ।बैठकमा समाजबादि प्रेस संगठनका केन्द्रीय सदस्य रमा भण्डारी लयायतले विभिन्न समसामयिक विषयमा बाेल्नु भएकाे थियो । बैठकले अब रामपुर नगरकाे १० वटै वडामा वडा कमिटि गठन गर्ने निर्णय गरेको छ ।बैठककाे सन्चालन नगर कमिटीका सचिव विष्णुप्रसाद लम्सालले गर्नु भएकाे थियो ।बैठक पार्टी अफिस नहरमा बसेकाे हाे ।


प्रकाशित : २०७८ माघ ४ गते ८:०९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology