पूर्वखोलामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण मूल प्रवाहीकरण विषयमा स्वास्थ्य कर्मी हरु विचको एक दिने छलफल सम्पन्न भएको छ ।

छवि पंगेनी
प्रकाशित : २०७८ माघ ५ गते २२:०७

पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा पाल्पाको स्वास्थ्य संस्थाहरुको मासिक समिक्षा बैठक पुर्वखोला गाउँपालिका -३ रिङ्नेरहमा सम्पन्न भएको छ। जिल्ला जनस्वास्थ्य प्रमुख राजेन्द्र कुमार गिरिले गाउँपालिकाबाट तोकिएका खोपकेन्द्रहरुमा अनिवार्य तोकिएका स्वास्थ्यकर्मिहरुलाई सहज तरिकाले यहि माघ ६ देखि ७ गते सम्म सन्चालन हुने पुर्वखोला गाउँपालिकाको कोभिड १९ विरुद्द्को खोप कार्यक्रममा सहभागी हुन आग्रह गर्दै पुर्वखोलागाउँ पालिका स्वास्थ्य शाखालाई आवश्यक सहयोग गर्न जिल्ला जनस्वास्थ्य कार्यालय तत्पर रहेको बताउनु भयो। कार्यक्रममा पुर्वखोला गाउँपालिका पालिका अध्यक्ष नुन बहादुर थापाले उपस्थित स्वास्थ्य कर्मिहरुको प्रगती विवरणको प्रसंम्सा गर्दै स्वास्थ्य क्रमिहरुले अभिलेखिकरण गर्ने क्रममा कमजोरी भएकोले सचेत रहि स्वास्थ्य सेवामा अनवरतरुपमा लाग्नु पर्नेमा जोड दिनुभयो ।कार्यक्रममा जिल्ला जनस्वास्थ्य निरीक्षक कृष्ण प्रसाद पोखरेलले जिल्लाबाट आएका सूचना निर्देशनहरुको बारेमा जानकारी गराउनुभएको थियो।कार्यक्रममा पुर्वखोला गाउँपालिका भरिका -९ जना स्वास्थ्य प्रमुखहरुले महिनाभरिको प्रगती विवरण र आ- आफ्नो स्वास्थ्य संस्थाको समस्याको बारेमा बताएका थिए ।बैठक पुर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालको अध्यक्षतमा चलेको कार्यक्रमको सन्चालन रिङ्नेरह स्वास्थ्य चौकिका प्रमुख श्रीराज आचार्यको सन्चालनमा चलेको हो।


प्रकाशित : २०७८ माघ ५ गते २२:०७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology