रामपुर १० मा नेकपा एसले वडा कमिटि गठन गर्याे

रमा भण्डारी
प्रकाशित : २०७८ माघ ८ गते १९:१६

गेझा, पाल्पा
नेकपा एकीकृत समाजबादि रामपुर नगरपालिकाले वडा नम्बर १० मा भेला सम्पन्न गरेको छ । नगरकमिटीका उपाध्यक्ष राम प्रसाद भण्डारीकाे अध्यक्षतामा बसेकाे भेलाका मुख्य पाहुना नेकपा एकीकृत समाजबादीका केन्द्रीय सल्लाहकार सदस्य लेखनाथ पाेखरेलले समसामयिक राजनितिका बारेमा बताउदै नबगठित कमिटिलाई सफल कार्यकालकाे शुभकामना दिनुभएकाे थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजबादीका प्रदेश कमिटी सदस्य विनाेद श्रेष्ठले बाेल्दै पार्टीकाे विधान र पद्वति अनुसार चल्नु पर्नेमा त्यस्तो नभई एकमनावादी निरंकुश तरिकाबाट पार्टी चलाउन खोज्दा कम्युनिष्ट आन्दाेलन बचाउन विद्रोह गरेकाे भन्दै नवगठित कमिटिलाई सफल कार्यकालकाे शुभकामना दिनु भएकाे छ ।जिल्ला कमिटि सदस्य कमल ओस्ती लगायतले बाेल्दै नवगठित वडा कमिटिलाई शुभकामना दिनुभएकाे छ ।
रामपुरकाे गेझामा बसेकाे भेलाले वडा नम्बर १० काे वडा कमिटि चयन गरेकाे छ ।जसकाे अध्यक्षमा सन्ताेष अधिकारी ,उपाध्यक्ष मा पदम जि टि ,सावित्रा वि क ,सचिवमा गणेश भण्डारी ,सहसचिवमा सुमन भण्डारी र सुदिप भण्डारी लगायत १७ सदस्यीय वडा नम्बर १० वडा कमिटी चयन गरेकाे हाे ।
कार्यक्रमकाे सन्चालन सन्ताेष अधिकारीले गर्नुभएकाे थियो ।


प्रकाशित : २०७८ माघ ८ गते १९:१६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology