वीरकोटमा पशु तथा स्रोत व्यवस्थापन तालिम शुरु

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ माघ ११ गते २०:०२

वीरकोट,पाल्पा
११ माघ
पशु तथा स्रोतको उचित व्यवस्थापन सम्बन्धी दुईदिने तालिम वीरकोटमा शुरु भएको छ । पुर्वखोला गाउँपालिकाको आर्थिक सहयोग र हेफर इन्टरनेशनल नेपालको आयोजनामा पुर्वखोला- ५,वीरकोटमा गठित सगरमाथा स्वाबलम्बी समुहलाई तालिम दिन लागिएको हो । तालिममा सहभागीहरुलाई खोर सुधार , पशुको खाना ,पशुको अौषधी ,व्यवस्थित र व्यवसायमुलक पशुपालन सम्बन्धी आवश्यक ज्ञान दिईने बताइएको छ । तालिमको सहजीकरण पशु स्वास्थ्य कार्यकर्ता सुदिप ढेंगाले गर्नु हुनेछ। आज एक कार्यक्रमका बीच तालिम उद्घाटन गर्नुहुँदै वडा अध्यक्ष धन बहादुर सिंजालीले समुहका सदस्यहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्दै लैजान र जानेको सीप सबैलाई सिकाउन आग्रह गर्नुभयो ।


प्रकाशित : २०७८ माघ ११ गते २०:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology