माथागढीमा प्राथमिक विद्यालय शिक्षकहरुका लागि विषयगत क्षमता विकास आधारभूत तालिम शुरु

माया बस्याल
प्रकाशित : २०७८ माघ १६ गते २१:४७

माघ १६,सराई,कसेनी
माथागढी गाउँपालिका शिक्षा शाखाकाे आयाेजनामा वडा नम्बर १, २ र ३ का प्राथमिक विद्यालयहरुका शिक्षकहरुको विषयगत क्षमता विकास आधारभूत तालिम आज देखि शुरु भएको छ।
तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनका तथा प्रभावकारी शिक्षण क्रियाकलाप गर्नका लागि तालिम सञ्चालन गरिएको हुँदा तालिम पछि प्राप्त ज्ञान सीपलाई विद्यालयमा लागू गर्न सुझाउनु भएको थियोे । कार्यक्रमका मन्तव्य राख्दै वडा नं. ३ का अध्यक्ष एवं दिव्य ज्याेति माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक थापाले शिक्षाक्षेत्रलाई बाध्यकारी सिकाइ भन्दा मामा घरको सिकाइ बनाउने र बालबालिका विद्यालय जाँदा मामाघरमा गए जस्तै खुशी साथ जाने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
६ दिनसम्म चल्ने उक्त तालिम प्रशिक्षक लाेकेन्द्र थापाको सहजीकरण तथा दिव्य ज्याेति माध्यमिक विद्यालय माथागढी ३ कसेनीकाे हलमा चल्ने छ। माथागढीगाउँ पालिका वडा नम्बर १ ,२ र ३ भित्र रहेका १६ वटा प्राथमिक विद्यालयबाट १६ जना शिक्षकलाई तालिम दिन लागिएको हाे । तालिममा प्राथमिक तहमा बिषयगत शिक्षण कसरी प्रभावकारी रुपमा शिक्षण गर्ने भन्ने विषयमा प्रशिक्षण गरिनेछ ।
कार्यक्रममा गाउँपालिका सदस्य तारा रसाइली , मनुमाया कुमाल लगायतकाे उपस्थिति थियोे । वडा नं.-३,का वडाध्यक्ष दिपक थापाको अध्यक्षता र शिक्षा संयोजक अशेष भट्टराईको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा शिक्षा शाखा प्रमुख गजेन्द्र पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो ।


प्रकाशित : २०७८ माघ १६ गते २१:४७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology