देवीनगरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

भुवन सिंजाली
प्रकाशित : २०७८ माघ १७ गते २१:०१

माघ १७, लेमधेम,पाल्पा
पुर्वखाेला गाउँपालिका वडा नम्बर ४ देविनगरले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ।
देविनगर वडाले यस आर्थिक वर्षमा लक्षितवर्ग कार्यक्रम अन्तरगत जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई रु ७० हजार बजेट विनियोजन गरेको थियो ।पुर्खाले देखाएको बाटाेमा अगाडि बढ्दै जेष्ठ नागरिकलाई हेरचाह र सम्मान गराैं भन्ने उद्देश्यले सम्मान कार्यक्रम गरेको हाे।
७० हजार बजेटबाट ८० वर्ष भन्दा माथिका ३८ जना जेष्ठ नागरिकलाई प्रति व्यक्ति १ लिटरको थर्मस ,टेक्ने लाैराे,ढाका टाेपि ,दोसल्ला,खादाले सम्मान गरिएको थियो ।कार्यक्रममा पुर्वखाेला गाउँ कार्यपालिका सदस्य सुकुनराज वि क ले
अहिले गाउँघरमा पनि विदेशमा झैँ जेष्ठ नागरिकलाई वृद्धाश्रममा राख्ने अथवा छुट्टै राख्ने प्रवृतीलाई पछ्याउने गर्दा जेष्ठ नागरिकहरुले उचित स्याहारसुसार नपाउने उनीहरुकाे सल्लाह सुझाव नसुन्नाले एक आपसमा मित्रता सहयोगी भावना हराउँदै गइरहेकोमा वडा कार्यालयले सम्मान कार्यक्रम गरेर जेष्ठ नागरिकको मनाेबल बढाएको विचार व्यक्त गर्नु भयो ।देविनगर वडाका सदस्य मेहर सिं थापा मातृभूमि मा वि देविनगरका प्र अ मेहरमान थापा जनजागृति स्वाबलम्वन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यम बहादुर खत्रीले जेष्ठ नागरिककाे अनुभवलाई आत्मसात गर्दै समाज विकासमा लाग्नुपर्ने र उनीहरुकाे राम्रोसँग हेरचाह गर्न घरपरिवारलाई आग्रह गर्नुभयो ।सम्मानित जेष्ठ नागरिक कर्ण बहादुर बारघरेले वडा कार्यालयले सम्मान कार्यक्रम गरेर आफुहरुकाे मनाेबल बढाएको पुराना साथी भाइसंग भलाकुसारी गर्न पाउँदा मन खुसि भएको बताउनु भएको थियो ।कार्यक्रम देविनगर वडाका सचिव तेजि सरा थापाकाे सन्चालन र अध्यक्ष रिम प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हाे।


प्रकाशित : २०७८ माघ १७ गते २१:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology