सोनाम ल्होसारमा सार्वजनिक विदा

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ माघ १८ गते १२:३२

माघ १८,काठमाण्डौं

सरकारले तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा भोलि माघ १९ गते सार्वजनिक विदा दिएको छ ।
गृहमन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरि विदाको जानकारी दिएको हो । विदाको दिन सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरु समेत बन्द रहने विज्ञप्तिमा उल्लेख छ ।


सोनाम ल्होसार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ वर्ष एकै दिन मनाइन्छ ।


प्रकाशित : २०७८ माघ १८ गते १२:३२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology