पूर्वखोला गाउँपालिका अर्खलडाँडामा रिङ्नेह स्वास्थ्य इकाई संचालनमा

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ माघ १८ गते १९:३४

माघ १८, पूर्वखोला, अर्खलडाँडा

पूर्वखोला गाउँपालिका अर्खलडाँडामा रिङ्नेह स्वास्थ्य इकाई समुद्घाटन कार्यक्रम संम्पन्न भएको छ ।
पूर्वखोला गाउँपालिका ३ को साविक वडा न ८,९ र ५(अर्खलडाँडा क्षेत्र ) , पूर्वखोला १( सिलुवाको ७) अल्कीचौर, रामपूर नगरपालिका तल्लो स्थानका नागरीकहरुलाई आधार भूत सेवा प्राप्त गर्ने उद्ेश्यले पूर्वखोला गाउँपालिका वडा नं. ३ अर्खलडाडाँमा रिङ्नेह स्वास्थ्य इकाईको स्थापना गरिएको छ ।
रिङ्नेह स्वास्थ्य इकाईको समुद्धघाटन कार्यक्रमका प्रमुख अथिती एवम् पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले इकाईको उद्धघाटन गर्दे पूर्वखोला गाउँपालिका शिक्षा , स्वास्थ्यलाई पूर्वखोला गाउँपालिकाले प्राथमिता दिएर अधि बढेको बताउनु भयो उहाँले यस अघि पूर्वखोला १ सिलुवा तामाखानीमा , पूर्वखोला ५ वीरकोट भर्से, पूर्वखोला गाउपालिका २ जल्पाको साठिकोल र पूर्वखोला ३ रिङ्नेरहको अर्खलडाँडामा आज चौथो घोषण गरिएको र यहि आर्थिक बर्ष भित्र पूर्वखोला २ जल्पाको लाभेमा अर्को स्वास्थ्य इकाई सँचालमा आउने बताउनु भयो । थापाले यस अर्खलडाँडा क्षेत्रमा यो स्वास्थ्य ईकाई बने पछि सिलुवा ,रिङ्नेरह , वीरकोट प्राथकि उपचारको लागि धाउनु पर्ने समस्या भोग्नु पर्ने अवस्था टरेको बताउनु भयो । उहाँले स्वास्थ्य एउटा सम्वेदनसिल क्षेत्र रहको हुदा हिजका दिनहरुका स्वास्थ्य सेवा नपाएर मनु पर्ने समस्याको सामाधानमा गर्ने र आधारभुत सेवाको लागि आम जनतालाई सयोग पु¥याउने लक्ष्य सहित सिंगो गाउँपालिका लागेको बताउनु भयो । कार्यक्रम थापाले व्यत्तिले सरकारी (जागिरको) योग्यताको बृद्धि गर्ने मात्र नभए व्यावारीक सिपसहितको योग्यता हासिल गर्ने पर्ने बताउनु भयो । पूर्वखोला गाउँपालिका स्वास्थ्य क्षेत्र मात्र नभएर शिक्षा ,स्वास्थ्य , यातायत, कृषि, खानेपानी, पर्यटन क्षेत्रको विकासको लागि सिङ्गो गाउँपालिका लागि परेको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले यस क्षेत्रबाट स्वास्थ्य चांैकिसम्म पुग्ने बाटो भौगोलीक हिसावले केहि कठिनाई रहेको र आधारभूत स्वास्थ्य क्षेत्र यहि ठाउँमा आएकोमा स्थानीय जनसमुदायमा राम्रो हुने बताउनु भयो । उपाध्यक्ष भट्टराईले स्वास्थ्य समस्याहुने कयौं महिला दिदिबैनि हरुमा यस क्षेत्रमा इकाई बने संगै स्वास्थ्य जिवनमा थप टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अथिति एवम् पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले यस ईकाई बाट तत्काल औषधी उपाचार गर्ने भन्दा स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार दिने रहेको र स्वास्थ्य इकाईहलाई थप व्यवस्थित गर्दै लैजान आफुले प्रर्यतन गर्ने बताउनु भयो । शाखा प्रमुख ढकालले यस इकाई बाट ३५ थरिको औषधि उपलब्ध हुने बताउनु भयो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिका वडा न ३ वडा सदस्य प्रेम नारायण पंगेनीले आफु यस क्षेत्रको जनप्रतिनिधिको रुपमा रहेको यस क्षेत्रमा आधारभुत स्वास्थ्य सेवाको लागि स्वास्थ्य ईकाई स्थापना हुदा आफु खुसि भएको बताउदै विकासको गतिविधिमा जो प्रतिनिधि जुन सरकार रहेपनि विकासात्मक गतिविधिमा लाग्नु पर्ने र जनताको आधारभूत आवश्यकतालाई प्राथमिकता राखेर हिड्नु पर्ने बताउनु भयो ।
सम्पूर्ण संस्थाको तर्फ बाट बोल्दै पूर्वखोला गाउँपालिका ६ हेक्लाङ् स्वास्थ्य चौकि प्रमुख अमृत विक्रम श्रेष्ठले बोल्दै यस स्वास्थ्य इकाई बाट स्वास्थ्य रहने बानि र माहाँमारी जस्ता रोगलाई नियन्त्रण गर्न यस इकाईले टेवा पू¥याउने बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य इकाई लाई जग्गा दान गर्ने तथा अर्खलडाँडा टोल संयोक पूर्णबहादुर फालले यस सेवा क्षेत्रमा स्वास्थ्य इकाई आउदा आफु मात्र नभएर सिङ्गो गाउँ बासिनै खुसि भएको बताउनु भयो ।
कार्यक्रममा सिलुवा स्वास्थ्य संथाका प्रमुख मौसम राई, जनउज्ज्वल आविका प्र.अ कृष्ण प्रसाद पंगेनी , सागर हिस्की , कन्द्ररा न्युजका कार्यकारी निर्देशक , स्वास्थ्य कर्मीहरु, शिक्षकहरु स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयम सेविकाहरु, स्थानिय व्यत्तिहरुको उपस्थित रहेको थियो । कार्यक्रम रिङ्नेह स्वास्थ्य संथा व्यवस्थापन समितिका अध्यक्ष तथा वडा न ३ वडा अध्यक्ष निलकण्ठ भट्टाईको अध्यक्षतामा रिङ्न्रह स्वास्थ्य संथा अनमी रञ्जीता आर्चाको स्वागत् एवम् रिङ्नेरह स्वास्थ्य संथा प्रमुख श्री राज आचार्यको संचालनमा चलेको हो ।
भिडियो ः कन्दरा न्युज टिभि मार्फत आउने छ ।


प्रकाशित : २०७८ माघ १८ गते १९:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology