वाई सि एल तिनाउद्वारा कानुनी दायरामा नआउँदासम्म चुनढुँगाखानीबाट उत्खनन कार्य बन्द गर्न माग

अमृत काम्मु मगर
प्रकाशित : २०७८ माघ १८ गते २०:३६

माघ १८,दोभान,पाल्पा
योङ कम्युनिष्ट लिग (वाई सि एल) नेपाल,तिनाउ गाउँ कमिटीले पाल्पामा रहेका चुनढुँगा खानीहरुबाट उत्खनन कार्य तत्काल रोक्न माग गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै हालै मात्र पाल्पाका ४ सहित देशभरिका ९ वटा चुनढुँगा खानीहरुबाट मापदण्ड विपरीत उत्खनन् गरेको भन्दै अख्तियारले मुद्दा दायर गरिसकेपछि पनि आरोपित चुनढुँगा कम्पनीहरुले उत्खनन कार्य नरोकेको भन्दै तत्काल उत्खनन् कार्य रोकेर कानुनी दायरामा ल्याउन समेत सरकारको ध्यानाकर्षण गरेको छ । अध्यक्ष कमल श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लाको ज्यामिरे, रहवास हात्तीलुङ, मस्याम, मरेक, कोलडाँडा, श्रीडांडा कचल, सिद्धेश्वरमा रहेको सबैजसो चुनढुङझ खानी मापदण्ड विपरित उत्खनन र ढुवानी गरेको प्रती गम्भीर ध्यानाकर्षण भएको र पाल्पा क्षेत्रबाट दैनिक २ हजारभन्दा बढी टिपर चुनढ्डा र डोलोमाइट हुने दाबी गरिएको छ ।

विज्ञप्तिमा चुनढुंगा खानी उद्योगले तौलका लागि धर्मकांटा प्रयोग नगर्ने र उत्खनन परिमाण थोरै बताएर हरेक वर्ष राजस्व छली गर्ने गरेको,प्राविधिकको रेखदेखविना जथाभावी उत्खनन गर्ने र टिपरमा तराई झार्ने काम मात्र भएको भन्दै खानी सञ्चालन र ढुवानी क्षेत्रमा ध्वनि, वायु, जमिन र जलप्रदूषण भैरहेको समेत जनाईएको छ । खानी दोहन र टिप्परको अनियंत्रित गतिका कारण सिद्धार्थ राजमार्ग क्षतविक्षत भएको र हरेक वर्ष पहिरो खसेर अवरुद्ध हुने साथै ठूलो धनजनको क्षती समेत हुने गरेकोले खानी उत्खन्न कार्य र लोड गर्ने कार्य कानुनी दायरामा नआउँदा सम्म बन्द गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित : २०७८ माघ १८ गते २०:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology