सुज्जरखोलामा पक्की पुल बन्दै,मन्त्री घर्तीले गरिन शिलान्यास

माया बस्याल
प्रकाशित : २०७८ माघ २० गते ८:००

माघ १९ , रुप्से,खहरे
मााथागढी गाउँपालिका वडा नम्बर २ खहरेमा सुज्जर खाेला पुल निर्माण याेजना शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि,लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले पुल शिलान्यास गर्नुहुँदै बाँसटारी झडेवा गाेठादी सडकमा पर्ने याे पुल नबन्दा स्थानीय बासिन्दाले भाेग्नु परेको समस्या,वर्षाकाे समयमा गाउँपालिका जान परेको समस्या साथै खोलाले गाडी मान्छेसमेत बगाई घाईते बनाएका घटना अझै पनि आँखामा घुमिरहेको स्मरण गर्नुहुँदै पुल छिटोभन्दा छिटो बनाउन निर्माण व्यवसायीलाई अनुरोध गर्नु भयो । मन्त्री घर्तीले पुल निर्माणमा गर्नुपर्ने सहयोग पूर्णरूपमा गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
कार्यक्रमका अवसरमा गाउँपालिका उपाध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि निर्मला भट्टराईले पुल निर्माण छिटो सम्पन्न भएर नागरिकले सुविधा पाएकाे देख्न पाउने विश्वास व्यक्त गर्नुभयो ।
सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख प्रेम बस्यालले पुलको स्टमेट तथा गरिने कामहरुका विवरण सहित कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
शिलान्यास कार्यक्रमका अध्यक्ष एवम् माथागढी गाउँपालिका वडा नम्बर २ वडा अध्यक्ष जनक रिजालले पुल छिटोभन्दा छिटो बनाउन अनुरोध गर्दै आफूले समुदायको तर्फबाट र वडाको तर्फबाट पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।
कार्यक्रममा माथागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, वडा नम्बर १ का वडा अध्यक्ष शिव प्रसाद घिमिरे , वडा नं. ३ का अध्यक्ष दिपक थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । सो पुल लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको रु. २ करोड ७८ लाख ७१ हजार ८ सय ५४ बराबरको लागतमा विवेक एण्ड कुवेर बील्डर्स प्रा. लि., वालीङ-५, स्याङ्जाले २०७९ माद्र २६ गते भित्र काम सम्पन्न गर्नेगरि ठेक्का लिएको छ । कार्यक्रम पत्रकार माया बस्यालकाे सहजीकरण साथै वडा अध्यक्ष जनक रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ माघ २० गते ८:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology