निस्दीमा विद्यालयका प्रधानाध्यापक तथा लेखा सहायकहरुका लागि तालिम सम्पन्न

होम राई मगर
प्रकाशित : २०७८ माघ २३ गते १४:३०

निस्दी,पाल्पा / २३ माघ २०७८ ।

निस्दी गाउँपालिका पाल्पामा विद्यालयका प्रधानाध्यापक तथा लेखा सहायकहरुका लागि लेखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।

विद्यालयमा हुने सबै प्रकारका आम्दानी र खर्चको लेखाङ्कनलाई व्यवस्थित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । समापन कार्यक्रममा अध्यक्ष सारुले लेखा प्रणालीलाई सरलीकृत र एकरुपता कायम गर्नु आजको आवश्यकता रहेको बताउदै तालिममा सिकेका कुराहरु व्यवहार उतार्नु सक्नु नै प्रभावकारिता हुनेमा जोड दिनुभएको थियो । माघ २० गते देखि माघ २३ गतेसम्म २ चरणमा सन्चालन भएको तालिममा निस्दीका ५३ वटा विद्यालयका प्रधानाध्यापक तथा लेखा सहायकहरुको सहभागिता रहेको थियो ।

पूर्व लेखा अधिकृत दिवाकर अर्यालले सहजीकरण गर्नुभएको तालिम समापन कार्यक्रमको सन्चालन शिक्षा संयोजक नर बहादुर थापाले गर्नुभएको हो ।


प्रकाशित : २०७८ माघ २३ गते १४:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology