माथागढीमा एक हप्ते उद्यमशिलता विकास तालिम सम्पन्न

माया बस्याल
प्रकाशित : २०७८ माघ २३ गते १४:५२

२२ माघ , माथागढी,पाल्पा
माथागढी गाउँपालिकाकाे आयाेजनामा”स्थानीय स्राेत साधनको सदुपयोग गराैं सीप सिकाै आत्मनिर्भर बनाैं ” भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रम (मेडपा) अन्तरगत एक हप्ते उद्ममशिलता विकास तालिम सकिएको छ ।
समापन कार्यक्रमका अध्यक्ष एवम् वडा नम्बर ३ कसेनी अध्यक्ष दिपक थापाले कार्यक्रममा बाेल्दै वडा तथा गाउँपालिका बाट धेरै तालिम चलाईएकाे साथै तालिम सिकेपछि व्यवसायीकता तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । महिलाहरु व्यवसायिक बनेर आत्मनिर्भर भएमा घरपरिवार देखि समाजमा समेत हुने हिंसात्मक घटनामा समेत कमी हुने जनाउँदै सबैलाई अगाडि बढ्दै जान शुभकामना समेत दिनुभएको थियोे ।
गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि सन्तोष कुमार थापाले मानिस उद्यमी बन्नका लागि मिहिनेत सँगै नयाँ प्रविधि मैत्री काम गर्नुपर्ने, निर्वाहमूखी भन्दा व्यवसायिकता तर्फ अगाडी बढ्नुपर्ने अौंल्याउनुभयो साथै थापाले तालिममा सहभागीलाई सफलताको शुभकामना दिँदै तालिम सकिएपछि तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो।
समापन कार्यक्रमका विशिष्ट अतिथि एवम् गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले तालिममा सहभागीलाई तालिममा सिकेका सिकाइलाई व्यवहारमा उतारी कृषि गर्ने , पशुपालन गर्ने जे कार्य गरिन्छ त्यो काममा पूर्ण रुपमा लाग्नुपर्ने साथै काम गर्दा सामुहिक रुपमा गरेमा सफलता प्राप्त हुने कुरामा जाेड दिदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
तालिमका सहजकर्ता एवम् उद्यमशील विकास कार्यक्रम सहजकर्ता काैशिला सुनारले तालिममा सहभागीलाई तालिममा सहभागीकाे ईच्छा अनुसार समुदायको माग र आवश्यकता , क्षमता र बजारीकरणकाे अवस्था अनुसार विश्लेषण गरि अगाडि बढिने र व्यवसायिक कृषि पेशामा लैजाने विश्वास व्यक्त गर्नुभयो । साथै तालिमबाट १० जना बंगुर पालक , १० जना व्यवसायिक रुपमा टनेलमा तरकारी खेती , १० जना साबुन बनाउने व्यवसायिक समुह समेत गठन गरेको छ ।
तालिममा ३० जनाकाे सहभागीता रहेको थियो भने तालिममा सहभागीकाे तर्फबाट चिन्तना चिदी , गाेमा बगाले , मंगली कुमालले आफुहरु व्यवसायीक रुपमा सामुहिक रुपले अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै,स्थानीय सरकारलाई आवश्यक सहयोग गर्न आग्रह समेत गर्नु भएकाे थियो ।
तालिम उद्यमशील विकास सहजकर्ता काैशिला सुनार ,ओसमा अाेली , नारायणी सारु र यमाकुमारी चाैहानले सहजीकरण गर्नुभएको थियो ।


प्रकाशित : २०७८ माघ २३ गते १४:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology