गोरखनाथ मावि निस्दीको वार्षिकोत्सब सम्पन्न

होम राई मगर
प्रकाशित : २०७८ माघ २३ गते १८:१६

निस्दी,पाल्पा / २३ माघ २०७८ । गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पाको ६० औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलु गैरेको अध्यक्षता चलेको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको हो । कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि सुनारीले कोरोनाको कहरबाट गुज्रिरहेको यो समयमा विद्यार्थीहरुलाई प्रत्यक्ष प्रभाव पारेको भन्दै बैकल्पिक शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा वडा सदस्य कार्यापालिका सदस्य मिम्श्री बयम्बु,वडा सदस्य कृष्ण बहादुर सोमै,अर्चले स्वास्थ्य चौकी प्रमुख मीन बहादुर राना,समाजसेवी महेन्द्र बयम्बु लगायतकाले बोल्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक इश्वरी अर्यालले आर्थिक वर्ष २०७७/०७८ को १ करोड ६८ लाख ८ हजार बराबरको आम्दानी खर्चका साथै विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको भएको थियो ।

कार्यक्रममा विभिन्न समयमा स्थापना गरिएका अक्षयकोषहरुको छात्रवृत्ति वितरणका साथै विद्यालयकै उत्कृष्ट शिक्षक नेत्र बहादुर फाल मगरलाई पुरस्कृत गरिएको थियो । वडाकै एक मात्रै माध्यमिक विद्यालय रहेको विद्यालयमा हाल ३१५ जना विद्यार्थीहरु अध्ययरत रहेका छन् ।कार्यक्रममा शैक्षिकसत्र २०७७ सालमा उत्कृष्ट हुने र अतिरिक्त क्रियाकलापमा राम्रो गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
शिक्षक लाल बहादुर बयम्बुको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन निलकण्ठ खनालले गर्नुभएको हो ।


प्रकाशित : २०७८ माघ २३ गते १८:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology