पूर्वखोलाको रिङ्नेरहमा एमाले सम्बद्ध अनेमसंघ गठन ।

अन्जना न्यौपाने
प्रकाशित : २०७८ माघ २४ गते २१:४२

माघ २४/ पाल्पा , पूर्वखोला

पूर्वखोला गाउँपालिका वडा न ३ रिङ्नेरहमा अनेमसंघ गठन भएको छ । आज पूर्वखोला -३ बसेको अखिल महिलहरुको एमाले निकट भातृसंगठन अखिल महिला संघ गठन भएको छ । भेला बाट अध्यक्षमा रिता अधिकारी (न्यौपान) , उपाध्यक्ष विनु मायाँ पाटा , सचिब सीता गाहा , सह- सचिब अन्जना न्यौपाने र रवी सरा नेपाली , कोशाध्यक्षमा कुविजा भट्टराई सहित ३४ सदस्य वडा कमिटी गठन गरेको छ ।

भेला बाट देवीसरा गाहा , भिमा विक , विन्दु परिवार , कुविजा भट्टराई , सम्झना न्यौपानेलाई पालिका कमिटिमा पठाउने सर्वसहमतिमा सिफारिस गरेको छ । नव निर्वाचित पदाधिकारी हरुलाई कार्यक्रमका प्रमुख अतीथि एवम नेकपा एमाले पूर्व जिल्ला अध्यक्ष एवम लुम्बिनी प्रदेश साम्सद नारायण प्रसाद आचार्यले  निर्वाचित     सबैलाई सफल कार्यकालको शुभकामना सहित निर्वाचित टिमलाई पार्टिको संगठन विस्तार देखि हरेक क्षेत्रमा सक्रिय रुपमा लागेर आम महिला हरुको हक हितको आवाज उठाउदै अघि बड्न सुझाव दिनु भएको थियो । कार्यक्रमा विशिष्ट अतिथिको रुपमा जिल्ला कमिटी सद्स्य एवम पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले नव निर्वाचित सम्पुर्णलाई बधाई दिदै स्थानिय स्तरमा सक्रिय रुपमा काम गर्न समेत आग्रह गर्दै सफल कार्यकालको सुभकामना व्यत्त गर्नु भएको थियो । नवनिर्वाचित कमिटिलाई जिल्ला कमिटी सदस्य एवम पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराईले सफत ग्रहण गराउनु भएको थियो ।  कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराई को अध्यक्षतामा नेकपा एमाले जिल्ला कमिटी सद्स्य कृष्ण प्रसाद भट्टराईको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ माघ २४ गते २१:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology