माथागढीमा आदिवासी जनजाति तथा महिलाहरुका लागि शिक्षक आयोग तयारी कक्षा शुरु

माया बस्याल
प्रकाशित : २०७८ माघ २५ गते १९:२६

माघ २५,झडेवा,पाल्पा
माथागढी गाउँपालिकाकाे आयाेजनामा आदिवासी जनजाति तथा महिलाहरुकाे लागि शिक्षक सेवा आयाेग तयारी कक्षा सञ्चालनकाे उद्घाटन गरिएको छ ।
शैक्षिक बेरोजगार न्यूनीकरणका लागि माथागढी गाउँपालिकाले आदिवासी जनजाती समुदाय तथा महिलाहरूको लागि निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा शुरु गरेको हाे ।
कक्षा प्रशिक्षण उद्घाटन कार्यक्रममा माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले माथागढी गाउँपालिकाको पहिचानलाई जोगाउँदै आगामी दिनमा सरकारी सेवामा माथागढीको जनशक्ति बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउनुभयो । अध्यक्ष थापाले गाउँपालिकाले विभिन्न आयोगहरुको तयारी कक्षा तथा प्रशिक्षण कक्षा सञ्चालन गर्दै जाने र आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, नेपाली सेनामा प्रवेश गर्नका लागि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने पनि सोच बनाएको बताउनुभयो ।


माथागढी गाउँपालिका उपाध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि निर्मला भट्टराईले पालिका भित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हट्दै जाने, नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा प्रवेश गर्न सघाउ पुग्ने विश्वास गाउँपालिकाले लिएको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य वडा नम्बर ४ वडा अध्यक्ष तथा प्रवक्ता मधु पराजुलीले राख्नुभएको थियो ।
शिक्षक सेवा आयाेग तयारी कक्षा प्रशिक्षक सन्तोष पाैड्यालकाे प्रशिक्षणमा पहिलाे पत्र सम्बन्धि प्रशिक्षण गरिने छ । प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालक शिक्षा शाखा प्रमुख गजेन्द्र पन्थीले गर्नुभएको थियो ।


प्रकाशित : २०७८ माघ २५ गते १९:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology