निस्दीमा माघ २६ गतेदेखि नियमित विद्यालय सन्चालन हुने

होम राई मगर
प्रकाशित : २०७८ माघ २५ गते १९:३४

निस्दी,पाल्पा / २५ माघ २०७८ । निस्दी गाउँपालिका पाल्पामा माघ २६ गते बुधबार देखि नियमित रूपमा विद्यालय सन्चालन हुने भएको छ ।

गाउँ शिक्षा समितिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको प्रबक्ता मेख बहादुर सुनारीले बताउनु भएको छ । कोभिड-१९ को नयाँ भेरियन्टि संक्रमणका कारण विगत लामो समय देखि विद्यालयमा नियमित पठनपाठन हुन नसकेकोले थप शैक्षिक क्षति न्यून गर्न विद्यालय सन्चालन गर्ने निर्णय गरेको शिक्षा संयोजक नर बहादुर थापाले जानकारी दिनुभयो । विद्यालय सन्चालनको क्रममा कोभिड-१९ संग मिल्दोजुल्दो लक्षण देखिएमा स्वास्थ्य परिक्षण गर्न भनिएको छ ।

यसैगरी १२ वर्ष देखि माथि उमेर भएका विद्यार्थीहरुलाई खोप लगाउन छुटे भएमा सम्बन्धित वडाको स्वास्थ्य चौकीमा जानकारी गराउन गाउँपालिकाले भनेको छ ।


प्रकाशित : २०७८ माघ २५ गते १९:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology