मातृभूमि मा.वि. को रंगरोगन तथा खेलमैदान निर्माण कार्य सम्पन्न

भुवन सिंजाली
प्रकाशित : २०७८ माघ २५ गते २०:३७

माघ २५,देवीनगर
मातृभूमि माध्यमिक विद्यालय पुर्वखाेला-४, देविनगरकाे भवन रङराेगन तथा खेलमैदान निर्माण कार्य सम्पन्न भएको छ।
देविनगर वडा कार्यालयले यस आ.व. २०७८/७९ को कार्यक्रम अन्तरगत मातृभूमि माद्यामिक विद्यालय रङराेगन तथा खेलमैदान निर्माणकाे लागि ४ लाख बजेट विनियोजन गरेको थियो ।
देविनगर वडाको ४ लाख बजेटबाट विद्यालयकाे ३ वटा भवनहरुका १२ वटा कक्षा काेठाकाे भित्र बहिर रङराेगन र कार्यक्रम स्टेज खेलमैदान निर्माण सम्पन्न भएको विद्यालयका प्र. अ.मेहरमान थापाले जानकारी दिनुभएको छ।
विद्यालयकाे गेट देखि भवन सम्म रङराेगन भए पछि हेर्दा सफा
सुन्दर देखिनुका साथै कक्षा काेठामा पनि उज्यालो देखिएकोले पढ्न थप हाैसला थपिएको कक्षा १२ का विद्यार्थी प्रतीक्षा कार्कीले खुसि व्यक्त गरे।विद्यालयकाे २ वटा खेलमैदान मध्य तल्लो खेलमैदानमा कार्यक्रम सन्चालन गर्न स्टेज र खेलमैदान ठुलाे भएकोले अब जुनसुकै कार्यक्रम गर्न पनि सजिलो हुने विद्यालयका सहायक प्र.अ. यम बहादुर खत्रीले बताउनु भयाे।देविनगर वडाका अध्यक्ष रिम प्रसाद श्रेष्ठले यस वर्ष देविनगर वडाकाे ७० लाख र गाउँपालिकाकाे ३० लाख गरि १ कराेड बराबरको ४२ वटा याेजनाहरु तर्जुमा गरिएकोमा अहिले सम्म
४० वटा याेजना सम्झौता भइसकेको ३० वटा सम्पन्न भएकाे २० वटा याेजनाकाे भुक्तानी भइसकेको र बाँकी रहेका याेजनाहरुकाे सम्झौता निर्माण कार्य र भुक्तानी फागुन महिना भित्र सक्ने गरि कामहरु भइरहेको जानकारी दिनु भएको थियो ।


प्रकाशित : २०७८ माघ २५ गते २०:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology