पूर्वखोलामा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य परिक्षण कार्यक्रम शुरु

डिल्लीराज पंगेनी
प्रकाशित : २०७८ माघ २५ गते २१:०१

माघ २५/ पूर्वखोला , पाल्पा
पूर्वखाेलामा ७० वर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षण कार्यक्रम आजदेखि शुरु भएको छ ।
पुर्वखोला-३,कोलडाँडा निवासी ९९ वर्षिय लक्ष्मी प्रसाद तिमिल्सिनाको स्वास्थ्य परिक्षण गरि सो कार्यक्रम शुभारम्भ गरिएको छ । प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाको संयुक्त सहयोगमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गर्न लागिएको पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो । विगतका बर्षहरुमा ८४ बर्ष माथिका जेष्ठ नागरिकहरुका लागि कार्यक्रम सञ्चालन भएकोमा यस वर्ष ७० बर्ष माथिको जेष्ठ नागरिको स्वास्थ्य परिक्षण सहित ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई हर्लिक्स र कम्मल वितरण कार्यक्रम रहेको पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो ।
आज जेष्ठ नागरिक लक्ष्मी प्रसाद तिमिल्सिनाको स्वास्थ्य अवस्था बुझ्न प्रदेश सांसद नारायण आचार्य , पूर्वखोला गाउँपालिका नुन बहादुर थापा , उपाध्यक्ष भागीरथी भट्टराई ,पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरु , वडा नं.-३,का वडा अध्यक्ष निलकण्ठ भट्टराई स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल लगायत स्वास्थ्यकर्मीको टिम तिमिल्सिनाको घरमै पुगेका थिए ।
पालिकाभरि रहेका ७० वर्ष माथि उमेर पुगेका १ हजार ३ जना जेष्ठ नागरिक र ४९ जना अपाङ्गहरुको घरमै पुगेर उनीहरूकाे स्वास्थ्य परीक्षण गरीने पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनु भयो । जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षणका क्रममा उनीहरूकाे स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएर आवश्यक परामर्श र खानपान र स्याहार सुसारको बारेमा जानकारी दिईने र जनरल चेक , जनरल आँखा र कानको परिक्षण , ब्लड सुगर परिक्षण सहित ९ प्रकारको स्वास्थ्य परिक्षण गरिनेछ। यो अभियान फागुन ८ सम्म संचालन हुने शाखा प्रमुख ढकालले बताउनुभयो ।


प्रकाशित : २०७८ माघ २५ गते २१:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology