प्रदेश सांसद सहित निस्दीका जनप्रतिनिधि प्रादेशिक विद्युत कार्यालयमा ।

होम राई मगर
प्रकाशित : २०७८ माघ २७ गते १८:४५

पाल्पा / २७ माघ २०७८ । लुम्बिनी प्रदेशका सांसद नारायण आचार्य सहित निस्दी गाउँपालिका पाल्पाका जनप्रतिनिधिहरुको टोली नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय बुटवलमा पुगेका छन् ।
निस्दीमा विगत लामो समय देखि  सामुदायिक विद्युतको कार्य अलपत्र रहेको भन्दै कार्यालयको ध्यानाकर्षण गराउन सो टोली प्रादेशिक कार्यालयमा पुगेका हुन् । भेटघाटको टोलीले कार्यालय प्रमुख नवराज ओझासंग निस्दीमा विद्युतको ठेकेदारले गरेका ढिला,सुस्ती,लापरवाही बारे अवगत गराएका थिए । भेटघाटका क्रममा अध्यक्ष मुक्त बहादुर सारुले ठेकेदारलाई नियमित कार्य गराउन वा  सम्झौता रद्द गर्न कार्यालयलाई आग्रह गरेका थिए । जवाफमा कार्यालय प्रमुख ओझाले ठेकेदारलाई एक हप्ताको अल्टिमेटम दिएर पत्र पठाउने र त्यसको बोधार्थ गाउँपालिकालाई पठाउने बताए । भेटघाटमा निस्दीमा नेकपा एमालेबाट बिजयी वडाध्यक्ष,पार्टीका जिम्मेवार व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यसअघि लाली गुराँस सामुदायिक विद्युत सहकारी संस्था निस्दी र जयदुर्गे कन्स्ट्रक्सन काठमाडौं  बीच सम्झौता भई विद्युत बिस्तारको योजना शुरु भएपनि समयमै काम नहुँदा अझैसम्म निस्दीबासीले विद्युत सेवा उपभोग गर्न पाएका छैनन्।


प्रकाशित : २०७८ माघ २७ गते १८:४५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology