मोटर साईकल दुर्घटनामा परेर रम्भा गाउँपालिका का ओभर सियरको मृत्यु

एवत सारू
प्रकाशित : २०७८ माघ २७ गते १८:५६

 

रम्भा गाउँपालिका वडा नं .२ फोक्सिङ्गकोटमा मोटरसाईकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।

भुकम्प प्रभावित क्षेत्र हेर्ने पुनर्निर्माण प्राधिकरणका ओभरसियर अन्दाजी ३५ वर्षीय रविन दमाइ दुर्घटनामा परि मृत्यु भएको रम्भा २ फोक्सिङ्गकोटका वडा सदस्य चेतबहादुर सुनारीले बताउनु भयो । फोक्सिङ्गकोटको सुरुमडॉडा देखि ताहुँ जाने क्रममा मोटरबाटोमा अनियन्त्रित भई करिब २०० मिटर तल बाईक र मानिस दुवै खसेको र घट्ना स्थलमै मृत्यु भएको बताइइको छ । रुकुम पूर्व स्थायी घर हुने परियार केही समय यता ताहुँमा कोठा लिएर बस्दै आएका थिए । रम्भा गाउ‘पालिकाको वडा नं. ५ ताहुलार्ई सेवा दिने रविन दमाइ एक कुशल, मिहेनेती कर्मचारी भएको रम्भा गाउ‘पालिका अध्यक्ष विष्ण भण्डारीले बताउनु भयो । निजले चलाउने लु ६७ प ४७८९ नम्बरको मोटर साईकल र शव निकाल्ने र मुचुल्का बनाउने काम भईरहेको महेन्द्र आाधारभूत विद्यालयका प्रधानाध्यापक नारायण मश्राङ्गीले बताउनु भयो । घट्ना दिउसो साढे ३ बजे तिर भएको थियो ।


प्रकाशित : २०७८ माघ २७ गते १८:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology