सामाजिक सुरक्षा भत्ता बाेकेर गाउँपालिका उपाध्यक्ष वडामै

माया बस्याल
प्रकाशित : २०७८ माघ २७ गते १९:०३

माघ २७,बहादुरपुर,पाल्पा

माथागढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अन्तरगत आ.व. ०७८/०७९ को दोस्रो त्रैमासिक किस्ता वडामै गएर वितरण गरेको छ । यस अघि भत्ता लिनको लागि घन्टौं लगाएर बैंक पुग्नुपर्ने,लाईनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै गाउँपालिकाले उपाध्यक्षकाे राेहवरमा वडाबाटै सुरक्षा भत्ता वितरण  हो ।
माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले भाैगाेलिक विकटताका कारण बैंक सम्म पुग्न नसकेका सेवाग्राहीलाई यस कार्यक्रमले अत्यन्तै सहजता भएको बताउनुभयो ।
यो कार्यमा सहजीकरण गर्दै वडा नं.-८ ,बहादुरपुरका वडा अध्यक्ष दिल बहादुर ढेंगाले विकट क्षेत्रका जेष्ठ नागरिकहरु भत्ता लिन जाँदा लामो समयसम्म हिंड्नुपर्ने र गाडी समयमै नपाउने समस्याले गर्दा वडा कार्यालयबाटै वितरण गर्न आग्रह गरिएकोमा सो कुरा गाउँपालिकाले सम्बाेधन गरेकोमा धन्यवाद दिनुभएको थियो । ।
बैंकमा भत्ता लिन आउन जान निकै कठिन परेका बेला वडा वडाबाटै भत्ता बुझ्न पाएपछि जेष्ठ नागरिकहरु समेत उत्साहित भएकाछन । लाभग्राही दमि सरा बारघरेले झडेवा बैंकमा जाँदा टोक्कन लिएर लाईन बस्नुपर्ने बाध्यता भएको स्मरण गर्दै वडा कार्यालयबाट सेवा प्राप्त गर्दा धेरै सहज अनुभव महसुस भएको बताउनुभयो  । नेपाल सरकारले बालबालिका, वृद्धवृद्धा, अपाङ्ग, एकल महिला लगायतलाई दिँदै आएको सामाजिक सुरक्षाभत्ता गाउँपालिकाले समयमै उपलब्ध गराएकोमा लाभग्रहीहरु  खुसी भएका छन् ।


वडा नं.-८,बहादुरपुरका १ सय १६ जना लाभग्रहीले प्रत्यक्ष रुपमा लाभ लिएका छन्  । मेगा बैंकका माथागढी शाखाका नगद सहायक  सागर ज्ञवाली ,माथागढी गाउँपालिकाका एम आई एस फिल्ड सहायक कर्मचारी केवल रेग्मी, एम आई एस  फिल्ड सहायक  पशुपति पन्थी  र नगर प्रहरीको सहजीकरणमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।


प्रकाशित : २०७८ माघ २७ गते १९:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology