जल्पामा नागरिक आरोग्य क्लिनिक शुरु,आयुर्वेदिक उपचार सेवा प्राप्त हुने

माया राना
प्रकाशित : २०७८ माघ २७ गते १९:३८

माघ २६,जल्पा
पुर्वखोला गाउँपालिका वडा नं.-२,जल्पामा नागरिक आरोग्य सेवा क्लिनिक शुरु गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं पुर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा ले प्रत्यक्ष मानव स्वास्थ्यलाई सकारात्मक उर्जा दिने आयुर्वेद उपचार सेवा हाल पुर्वखोला-५,वीरकोटमा मात्र रहेकोमा बिस्तारै अन्य वडामा पनि बिस्तार गर्दै जाने कुरा बताउनुभयो।


कविराज विनोद कोहारले आयुर्वेद उपचारको बारेमा जानकारी दिँदै यस क्लिनिकबाट प्रत्येक महिनाको १० र २५ गते स्वास्थ परिक्षण गरी निशुल्क औषधी दिईने जानकारी दिनुभयो । जल्पा स्वास्थ चौकी प्रमुख पदम दर्लामीले आयुर्वेदिक औषधीले ढिलो काम गर्ने भएपनि , प्रतिकुल असर कम हुने,विशेष गरी नसर्ने खालको रोग नियन्त्रणको लागि प्रभावकारी हुने कुरा बताउँदै यो सेवाले स्थानीय स्तरको जडिबुटी पहिचानको लागि पनि सहयोग पु-याउने बताउनु भयो। कार्यक्रम जल्पा वडा अध्यक्ष निर बहादुर सारूको अध्यक्षतामा सम्पन्न भएको थियो।


प्रकाशित : २०७८ माघ २७ गते १९:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology