२७ अौं जनयुद्ध दिवसको अवसरमा दीपप्रज्वलन कार्यक्रम सम्पन्न

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ फागुन १ गते २०:२६

फागुन १,पूर्वखोला
२७ अौं जनयुद्ध दिवसको अवसरमा पुर्वखोला-५,कर्नेडाँडामा दीपप्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा(माओवादी केन्द्र) ,कर्नेडाँडा टोल कमिटीको आयोजनामा सम्पन्न दीपप्रज्वलन कार्यक्रमको मुख्य पाहुना संविधानसभा सदस्य लिला सोमैले जनयुद्धले नै नेपाली समाजको रुपान्तरण गरेकाले फागुन १ गते सम्पूर्ण नेपालीहरुको गौरवको दिन भएको बताउनुभयो । राजतन्त्रको अन्त्य,गणतन्त्रको स्थापना,नयाँ संविधान,संघियता,धर्मनिरपेक्षता,समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली लगायतका तमाम अग्रगामी एजेण्डाहरु नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धकै देन रहेको उल्लेख गर्दै सोमैले जनयुद्ध दिवस प्रत्येक नेपालीहरुको मुक्तिको दिवस रहेको उल्लेख गर्नुभयो । बहुचर्चित एमसिसीको प्रसंग निकाल्दै मुख्य पाहुना सोमैले एमसिसी जस्ताको तस्तै लागू भए गम्भीर राष्ट्रघात हुने भएकाले एमसिसी खारेजीका लागि शिर्ष नेताहरुलाई दबाब दिन पनि पार्टी कार्यकर्ता तथा जनसमुदाय समक्ष आह्वान समेत गर्नुभयो ।


नेकपा(माओवादी केन्द्र),टोल कमिटी अध्यक्ष कोम ब. काम्मुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमला सारुले गर्नुभएको थियो । कार्यक्रममा जनयुद्ध तथा जनयुद्धका शहिदहरुको सम्झनामा २७ वटा मैनबत्ती बालिएको थियो । तत्कालीन नेकपा(माओवादी)ले सशस्त्र जनयुद्ध शुरु गरेको दिन २०५२ फागुन १ गतेको सम्झनामा सो पार्टीले प्रत्येक वर्ष जनयुद्ध दिवस मनाउने गरेको छ ।


प्रकाशित : २०७८ फागुन १ गते २०:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology