भ्यालेनटाइन डे

Kandara News
प्रकाशित : २०७८ फागुन २ गते १६:३८

 

✍️ होम राई मगर
उनलाई प्रेम प्रस्ताव राख्न एक वर्षै कुर्नु परेको थियो ।भ्यालेन्टैन डे को दिन राखेको माया अजर र अमर हुन्छ भन्ने सुनेको थिएँ ।
दिन,महिना हुँदै ठ्याक्कै वर्ष दिन बितेछ,जुन आजको दिन हो । हिजो बेलुका सम्म इन बक्स मा सामान्य कुरो भएको हो ।उनी मन्जुर थिइ कि भोलि भ्यालेन्टाइन डे को मेसो पारेर प्रेमको बिज रोपण गरौं भन्नेमा । रात भरि भोलि कसरी प्रस्तुत हुने,योजना बनाउने एकोहोरो परिकल्पनाहरु तछाड-मछाड गरि ओहोरदोहोर भइ रहन छोड्दैन । वर भञ्ज्याङ्मा भेट्ने उनको प्रस्ताव ताजा बनेर आइ दिन्छन् । निन्द्राले किन टाढिदै छ आज म बाट महसुस गर्न भुलेको छैन । आफ्नै सुरमा टक-टक बजी रहेको भित्तामा उभिरहेको घडीमा नजर जान्छ अनि जबर्जस्ती आँखा बन्द गर्न कोसिस भइरहन्छु।कुन बेला सफल भएछु पत्तै भएन ।
फेरि उहीँ भित्तामा उभिने घडी तिर नजरमा पुर्‍याउछु अनि फेसबुक हेर्न मन लाग्छ ताकि आजको योजनालाई थप पाको र मजबुत बनाउन । अन हुने बित्तिकै म्यासेजको घण्टी बज्छ हतपत्त म्यासेज हेर्छु,लेखिएको थियो SORRY,मलाई माफ गर म मेरो बाचा पूरा गर्न सकिन । म त आजै मेरो जिन्दगीको बाटो कोरे,मेरो उहीँ पुरानो साथी संग । आज महोत्सवमा लागेको मेला बाट उसको भए,भन्ने आशयको निधारमा सेतो अक्षेता र दही सहितको फोटो पठाउँदै ।

यस्तै हो रैछ भ्यालेनटाइन डे ।


प्रकाशित : २०७८ फागुन २ गते १६:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology