भोलि फागुन ४ गते नेपाल बन्दको आह्वान ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ फागुन ३ गते १८:००

बुटवल । नेकपा लगायतका दल तथा मोर्चाद्वारा भोलि नेपाल बन्दको घोषणा गरेका छन् ।

विप्लव नेतृत्वको नेकपा,मोहन वैद्य नेतृत्वको नेेेेेकपा(क्रान्तिकारी माओवादी)लगायत ६ दलिय मोर्चाले भोलि फागुन ४ गतेका लागि नेपाल बन्द आह्वान गरेको हो । एमसीसी सम्झौता बिरुद्ध भोलि बुधबार नेपाल बन्दको घोषणा गरिएको नेकपा निकट जनपत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले बताए । सरकारले भोलि संसदमा एमसीसी टेवुल गर्न तयारी गरेको छ ।


प्रकाशित : २०७८ फागुन ३ गते १८:००

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology