पूर्वखोला गाउँपालिकाले कोविड -१९ खोप सम्बन्धि अन्तरक्रिया गर्यो

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ फागुन ७ गते १९:३६

पूर्वखोला ,पाल्पा
पालिका स्तरीय कोबिड १९ बिरुद्धको खोप सम्बन्धि अन्तरक्रिया कार्यक्रम पूर्वखोला गाउँपालिकाको सभाहलमा सम्पन भएको छ । पूर्बखोला गाउपालिकाको सभाहलमा महिला स्वास्थ्य स्वयमसेविका , गाउँ पालिकाका तथा प्रत्येक वडाका स्वास्थ्य संथाका प्रमुख तथा ईकाईका प्रमुख ,खोप कार्यक्रम सहजकर्ता , वडा अध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेको थियो । यो कार्यक्रम पूर्बख‍ला गाउँ पालिकाको आयोजना र सुआहरा कार्यक्रमको सहयोगमा चल्यको हो । कार्यक्रम प्रमुख अतिथि डाक्टर राजेन्द्र गिरी ,पूर्बखोला गाउँ पालिकाका प्रशासकिय अधिकृत ज्ञानु पनेरु , स्वास्थ कार्यालय पाल्पाका स्वास्थ्य अधिकृत बिश्वनाथ न्यौपाने , कृष्ण पोखरेल , मधुसुधन शर्मा , निस्दी गाउँपालिका स्वास्थ्य संयोजक रेम बहादुर दिशा , सागर हिस्कीको, उपस्थितिमा पूर्बखोला गाउँ भएको छलफलमा जुन देशको ठाउँमा कोबिड बिरुद्धको खोपको मात्र बढी भयो त्यस देश र ठाउँमा कोबिडको आकर्मण कम हुने तथ्यांक पाएकोले खोप नछुटोस भन्ने उदेश्यले छुटेका नागरिकहरुलाई मुल प्रभामा ल्याने उदेश्यराखी सबै जनालाई यो कार्यक्रम गरि जानकारी गराएको थियो । यही माघ १३ गते १८ बर्षकालाई छुतेका नागरिकलाई र ६० बर्ष देखि माथिकालाई बुस्टर डोज लगाउन सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नु सबैमा आआफ्नो क्षेत्रमा सकृय पूर्व लाग्नु समेत छलफल भएको थियो ।यस भन्दा पहिलाको तथ्यांकले पाल्पाको तानसेनमा बढी खोप लगाएको र पुर्बखोला गाउँ पालिकामा कम भएको देखाएको छ नेपालमा ९७ प्ररतिशत  खोप लगाएको छ भने अब १०० प्रतिशात      गराउन सबैले पहल गर्नुपर्ने सबैले महत्वपूर्ण भुमिका हुने बताईएको छ । कार्यक्रम वडा अध्यक्ष निलकण्ठ भट्टराईको अध्यक्षतामा रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्यको स्वागत मन्तब्य एवम् पूर्वखोला पालिकाका स्वास्थ्य संयोजक मोहन ढकालको संचालन भएको हो ।


प्रकाशित : २०७८ फागुन ७ गते १९:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology