निस्दीमा कोभिड -१९ को संक्रमणबाट मृत्यु हुने परिवारको आफन्तलाई राहत रकम हस्तान्तरण

होम राई मगर
प्रकाशित : २०७८ फागुन ९ गते १६:०२

निस्दी,पाल्पा / ९ फागुन २०७८ । निस्दी गाउँपालिका पाल्पामा कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु भएकाको आफन्तहरुलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

गाउँ कार्यपालिकाको निर्णय अनुसार कोभिड-१९ का कारण मृत्यु हुने विभिन्न वडाका ७ जनालाई राहत रकम हस्तान्तरण गरिएको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो । कोभिड-१९ का कारण ज्यान गुमाएका आफन्तहरुलाई एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले हस्तान्तरण गर्नुभएको हो । यस अघि वडा  नम्बर-३, झिरुबासका ओम बहादुर खण्डलुक,सोही ठाउँकै चामी सोती र जोनी सरा सोती कोभिडकै कारण मृत्यु भएका थिए । त्यसैगरी वडा नम्बर-५,गल्धाका धन बहादुर खण्डलुक, धन बहादुर राई र वडा नम्बर-७,ज्यामिरेका मन बहादुर सोमै र तुली सरा आलेको समेत मृत्यु भएको थियो ।

   मृतकका आफन्तहरुलाई जनही २५/२५ हजार रुपैयाँ उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी गराउनु भएको छ ।


प्रकाशित : २०७८ फागुन ९ गते १६:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology